ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

विदेशबाट तीन वटा डिग्री हासिल गरेका शैलेन्द्र झा गाउँपालिकाको उपाध्यक्षका उम्मेदबार


विदेशबाट तीन वटा डिग्री हासिल गरेका शैलेन्द्र झा गाउँपालिकाको उपाध्यक्षका उम्मेदबार

Loading

मधेश सम्वाददाता

राजविराज, २६ बैशाख ।

३० बैशाखमा हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलका नेताबाहेक बिभिन्न क्षेत्रका व्यक्ति उम्मेदबार बनेर होमिएका छन् । कोहि शिक्षकबाट, त कोहि सरकारी जागिर छाडेर उम्मेदबार बनेका छन् । यहीं उम्मेदबारको भींडमध्येका एक हुन् शैलेन्द्र झा ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका बासिन्दा झा सोही गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदबारी दिएका छन् । उम्मेदबारी दिएका झाको परिचय भने फरक छ । उनी तीन वटा बिषयमा विदेशबाट स्नात्तकोत्तर (डिग्री) हासिल गरेका छन् ।

जर्मनीबाट इन्जिनियरिङमा, फिलिपिन्सबाट विकास व्यवस्थापनमा र बंगलादेशबाट अर्थशास्त्रमा स्नात्तकोत्तर गरेका हुन् उनी । तीनै वटा बिषयमा छात्रबृत्तिमा नाम निकालेर अध्ययन गरेको बताउँछन् उनी । अध्ययनपछि स्वीटजरल्याण्डका केहि कलेजका साथै नेपालका बिभिन्न कलेजमा इन्जिनियरंग अध्यापन गराएका झा अहिले टिच फर नेपालमा डाइरेक्टर अफ कोअरेशन पदमा कार्यरत रही बिभिन्न कलेजमा अध्यापन गराउँदै आएका थिए । ‘यी काम गर्दा मेरो आम्दानी मासिक दुई लाखभन्दा बढी हुन्थ्यो’ उनी भन्छन्, ‘तर गाउँको दुरावास्था हेरेर गाउँलाई सुधार्न आएको छु ।’

झा गाउँलाई राम्रो बनाउन भन्दै स्वतन्त्र रुपमा उपाध्यक्ष पदमा उम्मेदबारी दिएका छन् । ‘पटक–पटक गाउँ आउँथे, नयाँ जनप्रतिनिधी आएपछि केहि त सुधार होला सोंचेर पुनः आफ्नो कार्यस्थल जान्थे’ उनी भन्छन्, ‘पछिल्लो पटक कोभिडकालमा गाउँ आउँदा जनताको अवस्था झनै भवावह हेरें । गाउँको स्थिति देखेर राम्रो लागेन् । एक किसिमको हिनताबोध भयो ।’

बृद्ध, एकल महिला, कम आय भएका व्प्यक्तिलाई कोभिडले सताएको बताउँदै उनी भन्छन्, ‘चार महिनादेखि सामाजिक सुरक्षा भत्ता दिइएको थिएन् । खानका लागि खाद्यान्न दिइएको थिएन् । अवस्था भयावह थियो ।’

यस्तो अवस्था हेरेपछि आफूलाई गाउँ बनाउने इच्छा शुरु भएको बताउँछन् उनी । ‘यति धेरै पढेको छु, २५ वटा देश घुमेको छु, तर जहाँ जन्मे, जहाँ हुर्के त्यहाँको अवस्था हेरेर मन दुःखित भयो’ उनी भन्छन्, ‘तत्कालै केहि काम शुरु गरें । १५ सय परिवारलाई बिभिन्न संस्थासँग समन्वय गरी राहत बितरण गरें । बिरामी परेकालाई तीन महिनासम्म निःशुल्क एम्बुलेन्स सेवा प्रवाह गराएँ ।’

बालबालिका शिक्षामा पछाडि परेको हेरेपछि एक बर्षदेखि नवीनतम सिकाई केन्द्र खोलेर बालबालिकालाई पढाउने काम गरिरहेको उनी बताउँछन् । गाउँमा विज्ञान, गणित, अंग्रेजीको शिक्षक नहुँदा बाहिरबाट ल्याएर पढाइरहेको बताउँछन् उनी ।

उपाध्यक्षको भूमिका राम्रोसँग निभाउन सक्छु

३८ बर्षीय झा आर्थिक र सामाजिक रुपले पछाडि पारिएकाकै लागि सरकार गाउँको ढोकासम्म आउँदा समेत उनीहरुको पहूँचसम्म आउन नसकेको बताउँछन् । ‘इन्जिनियरले प्रविधि गाउँसम्म ल्याउने मात्रै होइन्, प्रविधी त हाम्रो समाजको हरेक व्यक्तिसम्म पु¥याउनुपर्छ’ उनी भन्छन्, ‘त्यसैले मैले इन्जिनियरंगको धर्म निभाउन खोजेको छु ।’

विकासलाई कसरी व्यवस्थापन गर्ने बिषयमा मैले जुन पढेको छु त्यसरी नै प्रयोग गर्ने उनी बताउँछन् । ‘अर्थशास्त्रसँग हामी सबै जोडिएका छौं । अर्थशास्त्र धनी र शहरमा बस्नेहरुका लागि मात्रै होइन नि !’ उनी भन्छन्, ‘सबैका लागि अर्थशास्त्र लागू हुनुपर्छ । म त्यो गराउँछु ।’

राजनीति भनेको राज्यको नीति बनाउने र त्यो नीति हरेक नेपाली जनतामा पुगाउनुपर्ने आफूले बुझेको उनको भनाई छ ।

विद्यार्थी नीजि विद्यालयमा जान बाध्य नहुने गरी आफूले सरकारी विद्यालयको गुणस्तरियता ल्याउने र स्वास्थ्य हरेक व्यक्तिको ढोकासम्म पु¥याउने उनको भनाई छ । ‘हरेक व्यक्तिलाई शीप दिनुपर्ने हो । उच्च शिक्षा लिएकालाई लोकसेवा, प्रहरी, आर्मी, माछा पालन, पशुपालन, हाउस वाइरिंग, फुड, जसलाई जेमा काम गर्न मन लाग्छ त्यहीं शीप दिने तयारी कक्षा खोइ त ?’ उनी भन्छन्, ‘जसले जेम इच्छा देखाउँछन्, त्यस्तै किसिमको रोजगारमूलक तालिमको व्यवस्था ग¥छौं । पढेलेखेका र नपढेकाका लागि पनि तालिमको व्यवस्था ग¥छौं ।’

यो गाउँपालिका भारतीय सीमासँग जोडिएको गाउँपालिका भएकाले युवाहरु लागूऔषधमा लागेका छन् । उनीहरुलाई ट्रयाकमा ल्याउन सुधार केन्द्र खोलेर काम अघि बढाइनेछ ।

उनले गाउँको विकासका लागि मैथिली भाषामा एउटा नारा नै ल्याएका छन् । ‘पढल लिखल बालबच्चा, स्वस्थ्य परिवार, हातहातमे शीप, घर घरमे रोजगार । ‘यो नारालाई पूर्ण रुपमा शतप्रतिश सार्थक पार्छु’ उनी भन्छन् ।

यसबाहेक बाढीपहिरोको काम, रोड, नालको व्यवस्थापनमा पनि ध्यान केन्द्रीत गर्ने उनको भनाई छ ।

विकास गर्न मेरो अध्ययनले सघाउँछ

कुनै पनि व्यक्तिलाई काम गर्न ज्ञान, शीप र मानसिकता चाहिनेमा आफूसँग तीन वटै कुरा रहेको उनी बताउँछन् । ‘म यो तीन वटा कुराले राम्रै आम्दानी कमाइरहेको थिएँ । तर, यो उर्जा अब गाउँका लागि प्रयोग गर्छु’ उनी भन्छन् ।

आफ्नो तीन वटा डिग्रीले समाजसँग जोड्न सजिलो हुने विश्वास उनको छ । उपाध्यक्षको धेरै जिम्मेबारीमध्ये सरकारी, नीजि गैर सरकारसीसँग समन्वय गर्ने, अनुगमन गर्ने, सामाजिक द्धन्द्धलाई मिलाउन काम आफूले सजिलै गर्न सक्ने उनी बताउँछन् । यसबाहेक सरकारी र गैर सरकारी संस्थासँग समन्वय गरेर गाउँलाई फाइदा हुने परियोजनाहरु ल्याउने उनको भनाई छ ।

जनताले जिताउने विश्वास

गाउँको विकासकै निम्ति आफू आफ्नो सुखभोग छाडेर आएको झा बताउँछन् । अन्य उम्मेदबार जस्तै उनलेपनि घरदैलो गरिरहेका छन् । बिहानदेखि बेलुकासम्म गाउँपालिकाको टोल–टोलमा पुगेर आफ्नो एजेन्डाबारे जनतालाई बुझाइरहेका छन् । आफूलाई युवाहरुले निक्कै साथ दिएको बताउँछन् उनी । ‘जनता पनि आफ्नो एजेन्डाप्रति विश्वस्त हुँदै गएका छन्’ उनी भन्छन्, ‘त्यहीं भएर मलाई जिताएर गाउँको विकासमा उनीहरु पनि सहभागी हुन्छन् ।

जनताले जिताउँदा ५ बर्ष उपाध्यक्ष भएर काम गरेपछि जनताले नै अध्यक्ष बनाउने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

पैसा बितरण गर्ने प्रयास, तीन जना पक्राउ

Next Post

उम्मेदबारले कतै रक्सी बाँड्दै, कतै नगद

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
उम्मेदबारले कतै रक्सी बाँड्दै, कतै नगद

उम्मेदबारले कतै रक्सी बाँड्दै, कतै नगद

आज सार्वजनिक विदा

उम्मेदबारको मृत्युपछि श्रीमतीले दिइन् उम्मेदबारी

राप्रपाका उम्मेदबारमाथि कुटपिट

चिनले दशगजामा तारबार लगाए पछि चिनियाँ विस्तारवाद बन्द गर भन्दै आन्दोलन

चिनले दशगजामा तारबार लगाए पछि चिनियाँ विस्तारवाद बन्द गर भन्दै आन्दोलन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

 

Loading Comments...