ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

उम्मेदबारले कतै रक्सी बाँड्दै, कतै नगद


उम्मेदबारले कतै रक्सी बाँड्दै, कतै नगद

Loading

मधेश सम्वाददाता

राजविराज, २६ बैशाख ।

धनुषाको कमला नगरपालिका वडा नम्बर ४ । सोमबार रातिको करिब ७ः३० बजेको समय । ज.१च ६४२ नम्बरको गाडी गुडिरहेको छ । गाडीमा नेकपा एकीकृत समाजवादीका उम्मेदबारको व्यानर टाँगिएको छ । यो गाडीमा उम्मेदबारले प्रचार प्रसार गरिरहेको सर्वसाधारणको बुझाई छ । स्थानीय केहि युवा रोक्छन् । गाडीमा सबार भएका व्यक्तिहरुले पनि रोकिदिन्छन् । गाडीको पछाडिको भागमा मात्र रक्सीका कार्टुन थुपारिएको देखेपछि हो–हल्ला हुन्छ । गाडीमा सबार सबै जना खेतैखेत भाग्छन् ।

यो गाडीमा नेकपा एकीकृत समाजवादी पार्टीबाट कमला नगरपालिका वडा नम्बर ५ को वडाअध्यक्ष पदमा उम्मेदबारी दिएका शिवा पासवान आफ्ना कार्यकर्तासहित जाँदै थिए । त्यहीं क्रममा युवाहरुले रोकेपछि उनको गाडीभरी रक्सी नै रक्सी बोकेको फेला प¥यो । कमसल किसिमको ४० रुपैयाँमै एक बोतल पाइने रक्सी राति राति गाउँका युवालाई दिनका लागि लगिरहेको सुइँको पाएपछि यो गाडीलाई रोकेको स्थानीय युवा रमेश यादवले बताएका छन् ।

युवाले उम्मेदबारको गाडीमा रक्सी फेला पारेपछि वडाअध्यक्ष पदका उम्मेदबार पासवानसहित उनका कार्यकर्ता खेतैखेत भएर भागेका छन् । युवाहरुले रक्सी प्रहरीको जिम्मा लगाएका छन् । इलाका प्रहरी कार्यालय खजुरीको टोलीलाई रक्सी जिम्मा लगाइएको यादवले बताए ।

स्थानीय तहको निर्वाचनको समय नजिकिदैं जाँदा उम्मेदबारहरुले जनतालाई रक्सी, मासुका साथै नगद बितरण गर्न थालेका छन् ।

कमला नगरपालिकामै जनता समाजवादी पार्टी (जसपा) का उम्मेदबारले रातिको समयमा स्थानीयलाई रक्सी बितरण गरिरहेको भिडियो सार्वजनिक भएको छ । जसपाबाट पार्टीका मेयर पदका उम्मेदबार पशुपति यादवको प्रचार प्रसारको व्यानर झुण्डयाइएको ट्याक्टरबाटै युवाहरुलाई रक्सी बितरण गरिएको छ । एक स्थानीयका अनुसार घरदैलो अभियानमा खटिने कार्यकर्तासहित गाउँका अन्यलाई पनि रिझाउन रक्सी बितरण गर्ने गरिएको छ । उनका अनुसार शरीरमा क्षति पु¥याउने कमसल किसिमको रक्सी उम्मेदबारले प्रायः दैनिक बितरण गरिरहेका छन् ।

धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल निर्वाचनमा रक्सी बितरण गर्नु आचारसंहिता विपरित काम भएको बताए । उनले यस्तो काम गर्ने उम्मेदबारको बारेमा बुझेर निर्वाचन आयोगमा आचारसंहिता उल्लंघन गरेको बारेमा जानकारी गराउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

विदेशबाट तीन वटा डिग्री हासिल गरेका शैलेन्द्र झा गाउँपालिकाको उपाध्यक्षका उम्मेदबार

Next Post

आज सार्वजनिक विदा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post

आज सार्वजनिक विदा

उम्मेदबारको मृत्युपछि श्रीमतीले दिइन् उम्मेदबारी

राप्रपाका उम्मेदबारमाथि कुटपिट

चिनले दशगजामा तारबार लगाए पछि चिनियाँ विस्तारवाद बन्द गर भन्दै आन्दोलन

चिनले दशगजामा तारबार लगाए पछि चिनियाँ विस्तारवाद बन्द गर भन्दै आन्दोलन

केन्द्रीय सदस्य गुरुङ्गले अध्यक्ष यादवमाथि लगाए गम्भीर आरोप

केन्द्रीय सदस्य गुरुङ्गले अध्यक्ष यादवमाथि लगाए गम्भीर आरोप

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

 

Loading Comments...