ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 10, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

फौजदारी अभियोगमा थुनिएका एक व्यक्ति मिलापत्रकै आधारमा रिहा


फौजदारी अभियोगमा थुनिएका एक व्यक्ति मिलापत्रकै आधारमा रिहा

Loading

राजविराज । फौजदारी अभियोगमा थुनिएका एक व्यक्ति मिलापत्रकै आधारमा रिहा भएका छन् ।

राजविराज ४ निवासी दिबाकर साहले दिएको ठगी तथा अपराधिक विश्वासघात जाहेरीको आधारमा जिल्ला अदालतमा मुद्दा समेत दर्ता रहेको अवस्थामा पक्राउ परेका एक व्यक्ति मिलापत्रकै आधारमा रिहा भएका हुन् ।

साहले राजविराज ४ मा आफ्नो घर निर्माण शुरु गरेका थिए । मारुती सिमेन्टको प्रयोग गरी घर बनाउने क्रममा उनको घरको सिंढी भत्कियो । यसपछि मारुती कम्पनीसँग रु २५ लाख क्षतिपूर्ती लिने सहमति गरेका उनले पुनः मारुती कम्पनीका प्रोप्राइटर नन्दकिशोर राठी, उनका छोरा अनुज राठी, कम्पनीका सेल्स म्यानेजर ज्याती जोशीसहित ७ जनाबिरुद्ध ठगी (अपराधिक विश्वासघात) सम्बन्धी कसुरमा जिल्ला सरकारी वकीलको कार्यालय मार्फत् मुद्दा दर्ता गराएका थिए । ्

मुद्दा दर्तापछि जिल्ला प्रहरी कार्यालय, सप्तरीबाट गएको एक टोलीले १२ असारको राति सेल्स म्यानेजर जोशीलाई पक्राउ गरी ल्याए ।

जोशीसहित सातै जनाबिरुद्ध मुद्दा दर्ता भई सप्तरी जिल्ला अदालतबाट अन्तिम पटक सात दिनको म्याद थप भएको समय बाँकी रहँदा नै दिबाकरले उद्योग बाणिज्य संघको रोहबरमा सहमति गरेपछि फौजदारी मुद्दामा थुनिएका ज्योति जोशीलाई प्रहरीले छाडिदिएको छ ।

यसअघि मिलापत्रबारे जानकारी पाएको र मुद्दा चलिरहेकाले छाड्न नमिल्ने बताएका सप्तरी प्रहरी प्रमुख एसपी नरेन्द्र कुमार कार्कीले जिल्ला सरकारी वकील कार्यालयको रायमा छाडिएको बताएका छन् ।

मिलापत्र भएर फायल जिल्ला प्रहरी कार्यालयमा पुगेपछि जिल्ला प्रहरी कार्यालयले जिल्ला सरकारी वकील कार्यालयसँग राय मागेको थियो । ‘दिवाकर कुमार साहको जाहेरीले वादी नेपाल सरकार, प्रतिवादी ज्योति जोशी समेत रहेको ठगी तथा विश्वासघात मुद्दामा जिल्ला प्रहरी कार्यालय, सप्तरीको च.नं. ९५३१ मिति २०८० असार २६ गतेको माथबर व्यक्तिको जिम्मामा छाड्न सहमति दिने बिषयको पत्र प्राप्त भई व्यहोरा अवगत भयो’ जिल्ला सरकारी वकीलको कार्यालयले प्रहरीलाई दिएको पत्रमा भनिएको छ, ‘निजलाई हाजिरी जमानीमा छाड्ने सहमति प्रदान गरिएको छ । बाँकी अनुसन्धानको काम गर्न गराउन निर्देशन दिइएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

पत्रकार रोहितामाथि आक्रमण गर्नेलाई कार्वाही गर्न बिभिन्न संघ–संस्थाको माग

Next Post

करेन्ट लागेर कुसहामा एकको मृत्यु

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीमा करेन्ट लागेर एकको मृत्यु, दुई जना घाइते

करेन्ट लागेर कुसहामा एकको मृत्यु

सप्तरीमा करेन्ट लागेर भैंसीको मृत्यु, राजमार्गमा दुई घण्टा चक्काजाम

सप्तरीमा करेन्ट लागेर भैंसीको मृत्यु, राजमार्गमा दुई घण्टा चक्काजाम

एमाले नेता सबार गाडी दुर्घटना प्रकरण : सरकारी गाडीको दुरुपयोग 

एमाले नेता सबार गाडी दुर्घटना प्रकरण : सरकारी गाडीको दुरुपयोग 

राजविराजमा ‘कर्मशिल’ फोटो प्रदर्शनी

राजविराजमा 'कर्मशिल' फोटो प्रदर्शनी

भौतिक विकास गर्न दिएको रकम गाउँपालिकाले ब्याज सहित फिर्ता लियो : पुर्व प्रअ रामनारायण यादव

भौतिक विकास गर्न दिएको रकम गाउँपालिकाले ब्याज सहित फिर्ता लियो : पुर्व प्रअ रामनारायण यादव

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

कांग्रेसका असल कार्यकर्ताहरु निराश भएका छन् : सिंह

कांग्रेसका असल कार्यकर्ताहरु निराश भएका छन् : सिंह

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

सप्तरीमा भ्रामक र उत्तेजित सूचना सम्प्रेषण गर्नेहरु पक्राउ पर्न थाले

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.