ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

भौतिक विकास गर्न दिएको रकम गाउँपालिकाले ब्याज सहित फिर्ता लियो : पुर्व प्रअ रामनारायण यादव


भौतिक विकास गर्न दिएको रकम गाउँपालिकाले ब्याज सहित फिर्ता लियो : पुर्व प्रअ रामनारायण यादव

Loading

विनय कर्ण

राजविराज, ३१ असार । जनता माध्यमिक विद्यालय खुरहुरियाका पुर्व प्रधानाध्यापक रामनारायण यादवले विष्णुपुर गाउँपालिकाले भौतिक विकास गर्न दिएको रकम ब्याज सहित फिर्ता लिएको बताएका छन् ।

विष्णुपुर गाउँपालिका वडा नम्बर १ स्थित विद्यालय परिसरमा आइतवार पत्रकार सम्मेलन गरि यादवले गाउँपालिकाले भौतिक विकास गर्न २१ लाख रकम विद्यालयअवैधानिक तरिकाले गएको रकम फिर्ता लिईएको हो : गाउँपालिका अध्यक्ष यादवको खातामा पठाएर सोको ब्याज सहित २१ लाख ४० हजार फिर्ता लिई उल्टै आफूमाथि अनियमितता गरेको आरोप लगाईएको बताए ।

आफूमाथि लगाईएको आरोप निराधार रहेको बताउँदै उनले तत्कालीन गाउँपालिका अध्यक्ष लिलाम्बर यादवले प्राविधिक पठाएर स्टिमेट गराई काम गर्न निर्देशन दिएको र लगत्तैको स्थानियतहको चुनावबाट निर्वाचित वर्तमान अध्यक्ष उमेश प्रसाद यादवले बजेट फिर्ता लिंदा समस्या उत्पन्न भएको गुनासो पोखे ।

“तत्कालिन गाउँपालिका अध्यक्ष लिलाम्बर यादवको निर्देशनमा भौतिक निर्माणको काम शुरु गर्दा लाखौ खर्च भयो, पछि वर्तमान अध्यक्षले काम गर्दा खर्च भएको रकम भुक्तानी नगरी उल्टै ४० हजार व्याजसहित बजेट फिर्ता लिए” पुर्व प्रअ यादवले भने ।

विद्यालयको दुईवटा कोठाको छत ढलानमा आफ्नो व्यक्तिगत सात लाख खर्च भईसकेको जानकारी दिदै उनले आफूले उल्टै विद्यालयबाट भुक्तानी लिनुपर्नेमा भ्रष्टाचार गरेको आरोप लगाउनु गलत भएको बताए । “विद्यालयको विभिन्न शिर्षकमा भएको रकम भवन निर्माणमा खर्च गरें, गाउँपालिकाबाट भुक्तानी नपाउँदा व्यक्तिगत ७ लाख लगानी गर्नु परेको छ अनि अहिले कुन आधारमा म माथि अनियमितता गरेको आरोप लगाएको हो ?” उनले प्रश्न गरे ।

२०७८ भदौमा मैले प्रधानाध्यापकको जिम्मेवारी पाएपछि विद्यालयको तेस्रो तल्ला थप्नको लागि विष्णुपुर गाउँपालिकासंग समवन्य गर्दा पालिकाले २१ लाख रुपैया विद्यालयको खातामा पठाएर फिर्ता लिएको कारण समस्या सृजना भएको उल्लेख गरे । “विद्यालयको अधुरो छत ढलान कार्य पुरा गर्न प्रदेश सभा सदस्य मो. समिम मियाँले संसदीय क्षेत्र विकास कोषबाट २५ लाख दिएपछि अहिले ढलान कार्य सम्पन्न भएको छ । तर, त्यस अघिको १५ लाख बराबरको काम गरेको भुक्तानी अहिले सम्म दिएको छैन्” उनले भने ।

अवैधानिक तरिकाले गएको रकम फिर्ता लिईएको हो : गाउँपालिका अध्यक्ष यादव

विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादवले विद्यालयको खातामा अवैधानिक तरिकाले गएको रकम फिर्ता लिईएको बताए । उनले विना कुनै समझौता, कार्यादेश र स्टीमेट चारवटा विद्यालयमा गएको रकम पछि बेरुजु ठहरिने देखिएको हुँदा फिर्ता लिईएको स्पष्ट पारे । “कुनै समझौता कार्यादेश र स्टीमेट छैन्, अवैधानिक तरिकाले रकम पठाईएको थियो र काम पनि नभएको अवस्थामा रकम फ्रिज हुन गएको हो” अध्यक्ष यादवले भने ।

गाउँपालिकाले विद्यालयमा गएको रकम फिर्ता दिंदा ब्याज नलिएको बताउँदै ब्याज लिएको भए प्रमाण सहित सावित गर्न अध्यक्ष यादवले चुनौती दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजविराजमा ‘कर्मशिल’ फोटो प्रदर्शनी

Next Post

भारदहको दुई ठाउँमा टावर बत्ति जडान, स्थानीय खुशी 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
भारदहको दुई ठाउँमा टावर बत्ति जडान, स्थानीय खुशी 

भारदहको दुई ठाउँमा टावर बत्ति जडान, स्थानीय खुशी 

कृष्णकुमारको एक बर्षको दौडधूपको परिणाम : उपमेयरबिरुद्ध पक्राउ पूर्जी

डाक्नेश्वरीका उप–प्रमुख मिराको नागरिकता प्रकरणमा नयाँ मोड, भारतको मतदाता नामवलीबाट नाम हटाएको प्रमाण सार्वजनिक

बालिकालाई घरबाट उठाएर अन्यत्र लगी सामूहिक बलात्कार, चार जना पक्राउ

बालिकालाई घरबाट उठाएर अन्यत्र लगी सामूहिक बलात्कार, चार जना पक्राउ

घुस वापतको रकम दिन जाँदा बाेलाइयाे अख्तियार, जानकारी पाएपछि कर्मचारी भए फरार 

घुस वापतको रकम दिन जाँदा बाेलाइयाे अख्तियार, जानकारी पाएपछि कर्मचारी भए फरार 

राजविराजको छिन्नमस्ता मोडमा स्थानीयद्वारा बिहानैदेखि सडक अवरुद्ध 

राजविराजको छिन्नमस्ता मोडमा स्थानीयद्वारा बिहानैदेखि सडक अवरुद्ध 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.