राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ भारदहमा दुई वटा टावर भाइपर लाइट (बत्ति) जडान गरिएको छ ।
भारदहस्थित नेपालकै प्रसिद्ध कंकालिनी भगवती मन्दिर अगाडि र भारदहकाे मुख्य चाेकमा याे लाइट जडान गरिएको नगरपालिकाका प्रमुख बिरेन्द्र माझीले जानकारी दिए ।
उनका अनुसार नगरपालिकाको पहलमा र मधेश प्रदेश सरकारको सहयोगमा ३० मिटरको टावर लाइट जडान गरिएको छ ।
भारदहको दुई ठाउँमा यो बत्ती जडान गरिएपछि स्थानीय खुशी भएका छन् । अब राति पनि उज्यालो हुने प्रमुख माझीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1