ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

डाक्नेश्वरीका उप–प्रमुख मिराको नागरिकता प्रकरणमा नयाँ मोड, भारतको मतदाता नामवलीबाट नाम हटाएको प्रमाण सार्वजनिक


कृष्णकुमारको एक बर्षको दौडधूपको परिणाम : उपमेयरबिरुद्ध पक्राउ पूर्जी

Loading

विनय कर्ण
राजविराज, १ साउन । डाक्नेश्वरी नगरपालिकाका उप–प्रमुख मिरा कुमारी यादव र उनका पति महेन्द्र यादवले भारतको मतदाता नामावलीबाट नाम हटाएको तथ्य फेला परेको छ ।
नेपाल र भारत दुई देशको नागरिकता लिएको आरोपमा मुद्दा खेपिरहेका दुवै जनाले भारतको विहार राज्य अन्तर्गत विधानसभा निर्वाचन क्षेत्र नम्बर ४१ निर्मली सुपौल बुथ संख्या ५१ बाट २०७९ भदौ २६ मा निवेदन दिएर नाम हटाएको हो ।
विधानसभा निर्वाचन क्षेत्र ४१ निर्मली सुपौल वुथ संख्या ५१ बाट २०८० असार १२ गते (सन् २७ जुन २०२३) मा जारि भएको कागजमा २०७९ भदौ २६ (सन् ११ सेप्टेम्बर २०२२) देखि मिरा र उनका पति महेन्द्र यादवको नाउँ हटाईएको उल्लेख गरिएको छ । यद्यपी त्यो कागजको आधिकारिताबारे पुष्टि हुन भने बाँकी छ ।

श्रोत मार्फत उपलब्ध भएको “निर्वाचन सुची से नाम विलोपित प्रमाण–पत्र” लेखिएको र विधानसभा निर्वाचन क्षेत्र नम्बर ४१ निर्मली सुपौल, बुथ संख्या ५१ लेखिएको स्टाम्प लागेको त्यो कागजमा त्यहाँको मतदाता नामाबलीमा रहेको क्रम संख्या ६३२ मिराकुमारी यादव र क्रम संख्या ६३३ पति महेन्द्र कुमार यादव, पति पत्नीको आवेदन अनुसार २०७९ भदौ २६ गते बाट हटाईएको उल्लेख छ ।
यसअघि अनुमंडलीय न्यायालय निर्मली सुपौलको सपथपत्रमा २०७९ साउन १७ (२ अगस्त २०२२) मा नम्बर १८७३ मिरा र १८७४ मा उनका पति महेन्द्रले हस्ताक्षर गरेको कागज सार्वजनिक भएपछि मिरा र उनका पति महेन्द्र बिरुद्ध २०७९ साउनमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा पहिलो पटका उजुरी परेको थियो ।
जिल्ला प्रशासनबाट ठोस पहल नहुँदा नागरिकता सम्बन्धी कसुर मुद्दामा जेठ ५ गते अदालतबाट परमादेश जारि भएपछि असार १७ गते जिल्ला प्रहरी कार्यालयले मिरा र महेन्द्र बिरुद्धमा मुद्दा दर्ता गरेपछि असार २० गते मिरा आफै जिल्ला प्रहरी कार्यालय सप्तरीमा हाजिर भएकी थिइन् भने उनका पति महेन्द्र हाल सम्म फरार रहेका छन् । मिरा सप्तरी जिल्ला अदालतबाट तेश्रो पटक म्याद थप भएर अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालयमा छिन् ।
डाक्नेश्वरी नगरपालिका वडा नं. ३ निवासी कृष्णकुमार यादवले उप–प्रमुख मिरा र उनका पति महेन्द्र भारतको बिहारस्थित मझारी पञ्चायत अन्तर्गतको मझारी गाउँका स्थानीय भएको दाबी गर्दै असार १७ गते भारतीय नागरिक मिरा नेपालको नागरिकता समेत लिई उपमेयर बनेको र प्रहरी, प्रशासनले मुद्दा दर्ता गर्न नमानेको भन्दै उच्च अदालतमा परमादेशको माग गर्दै रिट दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

भारदहको दुई ठाउँमा टावर बत्ति जडान, स्थानीय खुशी 

Next Post

बालिकालाई घरबाट उठाएर अन्यत्र लगी सामूहिक बलात्कार, चार जना पक्राउ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
बालिकालाई घरबाट उठाएर अन्यत्र लगी सामूहिक बलात्कार, चार जना पक्राउ

बालिकालाई घरबाट उठाएर अन्यत्र लगी सामूहिक बलात्कार, चार जना पक्राउ

घुस वापतको रकम दिन जाँदा बाेलाइयाे अख्तियार, जानकारी पाएपछि कर्मचारी भए फरार 

घुस वापतको रकम दिन जाँदा बाेलाइयाे अख्तियार, जानकारी पाएपछि कर्मचारी भए फरार 

राजविराजको छिन्नमस्ता मोडमा स्थानीयद्वारा बिहानैदेखि सडक अवरुद्ध 

राजविराजको छिन्नमस्ता मोडमा स्थानीयद्वारा बिहानैदेखि सडक अवरुद्ध 

राजविराजको छिन्नमस्ता मोडमा स्थानीयद्वारा बिहानैदेखि सडक अवरुद्ध 

राजविराजको छिन्नमस्ता मोडमा स्थानीयद्वारा अबरुद्ध गरिएको सडक सुचारु 

विपन्न परिवारलाई बलान विहुल आप्रबासी युवा संजालको राहत

विपन्न परिवारलाई बलान विहुल आप्रबासी युवा संजालको राहत

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

 

Loading Comments...