ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

‘सिमा क्षेत्रका बासिन्दाको पीडा काठमाडौं र दिल्लीले बुझ्नुपर्छ’


‘सिमा क्षेत्रका बासिन्दाको पीडा काठमाडौं र दिल्लीले बुझ्नुपर्छ’

Loading

 

राजविराज । नेपाल र भारतबीचको दुई देशको सम्बन्ध अतुलनीय रहेको र यसलाई कसैले पनि मेट्न नसक्ने एक कार्यक्रमका बक्ताले बताएका छन् ।

 

नेपाल भारत खुला सिमा संवाद समूहले सोमबार राजविराजमा आयोजना गरेको राजविराज–कुनौली सम्बन्ध बिषयक अन्तर सम्वाद कार्यक्रमका बक्ताले उक्त कुरा बताएका हुन् ।

 

यी दुई देशका बासिन्दाबीच विशिष्ट सम्बन्ध रही आएको चर्चा गर्दै बक्ताहरुले सीमामा बस्नेहरु राज्य संयन्त्रका कारण जहिल्यै पनि दुःख भोगिरहेको बताए ।

 

कार्यक्रमका प्रमुख अतिथी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले यी दुबै देशका जनतालाई दैनिक रुपमा समस्या खेप्नु परिरहेको बताए । नेपाल र भारत देश बन्नुअघि नै यी क्षेत्रका जनताबीच राम्रो सम्बन्ध रही आएको चर्चा गर्दै महतोले सिमामा बस्ने यी दुबै देशका बासिन्दासँग दुबै देशका राज्य संयन्त्रले खेलबाड गरिरहेको बताए ।

 

जनताको भावना नबुझेर काठमाडौं र दिल्लीले आ–आफ्नो तरिकाले काम गरिरहेको बताउँदै उनले जनताको भावना अनुसार दुबै राज्यले काम गर्नुपर्ने बताए ।

 

यी दुई देशको सिमामा तार जाली लगाएर समस्याको समाधान नहुने बताउँदै उनले अपराधिक गतिविधि नियन्त्रणका लागि विशिष्ट समाधान खोज्नुपर्ने बताए ।

 

कार्यक्रममा पूर्व सिंचाई मन्त्री उमेश कुमार यादवले दुबै देशका सरकारले सिमामा बस्ने प्रति ध्यान नदिएको बताए । ‘सिमामा बस्नेहरु अझै पछि परेको र उत्पीडनमा परेका छन्’ नेकपा माओवादी केन्द्रका नेता समेत रहेका उनले भने, ‘काठमाडौं र दिल्ली यसतर्फ पटक्कै  ध्यान दिइरहेको छैन।

 

नेपाल र भारतबीचको विशिष्ट सम्बन्धका बीच जनतामा समस्या ल्याउँदै काठमाडौं र दिल्ली नाजायज काम गरे दुबै तिरका जनता एकजुट हुनुपर्नेमा उनले जोड् दिए ।

 

उनले यी दुई देशको सिमामा कसैले पनि तारजाली लगाउन नसक्ने उल्लेख गर्दै गरे दुबै तर्फका जनता आन्दोलित बन्ने बताए ।

 

कार्यक्रममा भारत कुनौलीका पूर्व ब्लक प्रमुख अरबिन्द गुप्ताले नेपाल र भारतबीचको बेटीरोटीको सम्बन्ध कायम गर्नुपर्ने बताए । उनले नेपालीकै कारण कुनौली बजार चलिरहेको बताउँदै नेपालमा चुनाव भएर सिमा बन्द हुँदा कुनौलीका सबै पसल बन्द हुने गरेको बताए ।

 

कार्यक्रममा पूर्व मन्त्री चन्द्रकान्त चौधरी, जिल्ला समन्वय समितिका प्रमुख शिबनारायण साह, हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख बिरेन्द्र माझी, नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देव, राजविराज नगरपालिकाका पूर्व मेयर शम्भु यादव, उप मेयर साधना झा, जसपाका जिल्ला अध्यक्ष केदार यादव सहितकाले दुई देशको सम्बन्धबारे चर्चा गरेका थिए ।

 

नेपाल भारत खुला सिमा संवाद समूहका जिल्ला अध्यक्ष गजेन्द्र मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा समूहका जिल्ला सचिव निरज मुक्तीले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रमका संचालन जितेन्द्र जितुले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

गठबन्धनलाई नै निरन्तर अघि बढाउने पक्षमा छौं : उपेन्द्र यादव

Next Post

खडक नगरपालिका बन्यो मधेश प्रदेशमै दोश्रो बालविवाह मुक्त पालिका

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
खडक नगरपालिका बन्यो मधेश प्रदेशमै दोश्रो बालविवाह मुक्त पालिका

खडक नगरपालिका बन्यो मधेश प्रदेशमै दोश्रो बालविवाह मुक्त पालिका

बलान बिहुलमा सामुदायिक खाद्य बैंक स्थापना

बलान बिहुलमा सामुदायिक खाद्य बैंक स्थापना

उच्च बार एशाेसिएशनकाे निर्वाचन शुरु 

उच्च बार एशाेसिएशनकाे निर्वाचन शुरु 

उच्च बारको सदस्यमा लोकतान्त्रिक समूहको वर्चस्व 

उच्च बारको सदस्यमा लोकतान्त्रिक समूहको वर्चस्व 

राजविराज उच्च बारको अध्यक्षमा हरेराम निर्वाचित

राजविराज उच्च बारको अध्यक्षमा हरेराम निर्वाचित

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.