ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

खडक नगरपालिका बन्यो मधेश प्रदेशमै दोश्रो बालविवाह मुक्त पालिका

खडक नगरपालिका बन्यो मधेश प्रदेशमै दोश्रो बालविवाह मुक्त पालिका

Loading

राजविराज । सप्तरीको खडक नगरपालिका मधेश प्रदेशमै दोश्रो बालविवाह मुक्त पालिका बनेको छ ।

शुक्रबार एक भव्य समारोहकाबीच नगरपालिकालाई बालविवाह मुक्त घोषणा गरिएको छ । मधेश प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री महेश यादवले बालविवाह मुक्त घाेषणा गरे ।

त्यस अवसरमा बोल्दै उनले मधेश प्रदेश सरकारको १० बर्षको रणनीति नै बालविवाह मुक्तको अवधारणा रहेको बताए । उनले सरकारको रणनीतिमा सहयोग गरेकोमा धन्यवाद दिए ।

शिक्षामा मधेश प्रदेश सवै प्रदेशभन्दा कमजोर रहेको उनले बताए । आगामी ४ बर्षभित्रमा प्रदेशका कुनै पनि ब्यक्ति निरक्षर नरहने गरि सरकारले काम गरिरहेको बताए । सीमान्तकृत, गरीब, दलित सबै साक्षर हुने उनले बताए ।

अभिभावक र शिक्षकले आफ्नो दायित्व बुझेर काम गरे शिक्षा मजबुत हुने उनले बताए ।

उनले बालविवाह मुक्त घोषणा गरेकोमा नगरपालिकालाई धन्यवाद दिदै पालिकालाई साक्षर घोषणा गर्न पनि आग्रह गरे । ‘यसमा हामी पनि सहयोग गर्छौ’ उनले भने ।

जिल्ला समन्वय समितिका प्रमुख शिबनारायण साहले बालविवाह मुक्त भएपछि यसको कार्यान्वयनमा जोड दिए ।

सुरुङा नगरपालिकाका प्रमुख गीता चौधरीले घोषणा गरेपछि अझ कठिनाइ हुने बताइन । हामी १ बर्ष नै घोषणा गर्दा निकै चुनौती खेपिरहेको बताउँदै उनले बालबालिकाले दिने बालविवाह सम्बधी सूचना गम्भीर तरिकाले बुझ्नुपर्ने बताइन ।

कतिपय अभिभावक जन्म मिति घटाउन आउने गरेको बताउँदै उनले जनप्रतिनिधि यसतर्फ चनाखो रहनुपर्ने बताइन् । ‘घाेषणा गरेर मात्र हुँदैन् यसमा निगरानी राखिरहनुपर्छ’ उनले भनिन् ।

नगरपालिकाका प्रमुख जयप्रकाश चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा सेभ द चिल्ड्रेन बर्दिवासका प्रमुख धना भुसाल, नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देव, खडक नपा १० का अध्यक्ष राजेन्द्र चौधरी, सबल नेपालका अध्यक्ष जुना गिरी, भसराज उमाविका प्रधानाध्यापक सुर्यनरायण साह, बाल क्लब संजालकी मंजुला साहसगितकाले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

बालविवाह मुक्त घोषणामा सहयोग गरेको भन्दै सेभ द चिल्ड्रेन राजविराज र महोत्तरी, सबल नेपाल राजविराजलाई कदर पत्र प्रदान गरिएको थियो ।

सबल नेपाल राजविराज र सेभ द चिल्ड्रेनको सहयोग र सहकार्यमा बालविवाह मुक्त अभियान संचालन निर्देशिका २०७९ बमोजिम यो घोषणा गरिएको नगरपालिकाले जनाएको छ ।

मधेश प्रदेशमा पहिलो पटक सप्तरीकै सुरुङा नगरपालिका गत बर्ष बालविवाह मुक्त घोषणा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

‘सिमा क्षेत्रका बासिन्दाको पीडा काठमाडौं र दिल्लीले बुझ्नुपर्छ’

Next Post

बलान बिहुलमा सामुदायिक खाद्य बैंक स्थापना

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
बलान बिहुलमा सामुदायिक खाद्य बैंक स्थापना

बलान बिहुलमा सामुदायिक खाद्य बैंक स्थापना

उच्च बार एशाेसिएशनकाे निर्वाचन शुरु 

उच्च बार एशाेसिएशनकाे निर्वाचन शुरु 

उच्च बारको सदस्यमा लोकतान्त्रिक समूहको वर्चस्व 

उच्च बारको सदस्यमा लोकतान्त्रिक समूहको वर्चस्व 

राजविराज उच्च बारको अध्यक्षमा हरेराम निर्वाचित

राजविराज उच्च बारको अध्यक्षमा हरेराम निर्वाचित

बोदे बर्साइनमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू

बोदे बर्साइनमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

Loading Comments...