राजविराज । अत्यधिक जाडो बढेपछि सप्तरीको एक पालिकाले विद्यालयमा विदा दिएको छ ।
जिल्लाको डाक्नेश्वरी नगरपालिकाले विद्यालयमा जाडो विदा दिएको हो ।
पालिकाका प्रमुख रामलखन मुखियाले एक सूचना जारी गर्दै पुस २६ गते बिहीबारदेखि माघ २ गतेसम्मका लागि विदा दिइएको बताएका छन् ।
चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा पार्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै विदा दिइएको सूचनामा उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1