राजविराज । गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीको राजीनामा माग्नु प्रतिपक्षीको धर्म रहेको बताएका छन् ।
विभिन्न कार्यक्रममा सहभागी हुन सप्तरी आएका मन्त्री श्रेष्ठले पत्रकारसँग कुरा गर्दै उक्त कुरा बताएका हुन् ।
प्रतिपक्षी नेकपा एमालेले श्रेष्ठसहित चार मन्त्रीको राजीनामा मागिरहेको सन्दर्भमा पत्रकारले सोधेको जिज्ञासामा मन्त्री श्रेष्ठले राजीनामा मागेको जानकारी आफुलाई नरहेको बताए । ‘राजीनामा माग्नु प्रतिपक्षीको धर्म हो’ उनले भने,’मागे राम्रो ।’
एमालेलाई लक्षित गर्दै उनले भने वहाँहरु आफ्नो तर्फबाट कुरा गर्नुहुन्छ भने मलाई भन्नू केही छैन ।’
मन्त्री श्रेष्ठले गठबन्धनको सरकार कति टिक्ने पत्रकारको प्रश्नमा काङ्ग्रेसलाई सोध्न भने ।