ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

कावा प्रमुखसहितकाले चरित्र हत्या गर्न खोजे : ठाकुर


कावा प्रमुखसहितकाले चरित्र हत्या गर्न खोजे : ठाकुर

Loading

राजविराज । युनिक एजुकेशनलका संचालक जयप्रकाश ठाकुरले बिना आधार राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परबिनसहितका व्यक्तिले आफ्नो र आफ्नो परिवारको बिषयमा भ्रम फैलाउँदै चरित्र हत्या गर्ने गरेको बताएका छन् ।

ठाकुरले शुक्रबार राजविराजस्थित नेपाल पत्रकार महासंघ, सप्तरीमा पत्रकार सम्मेलन गरी नगरपालिकाका जनप्रतिनिधी सबै जनताका प्रतिनिधी बन्नुपर्नेमा आफू र आफ्नो परिवारबिरुद्ध अनर्गल प्रचार गर्दै चरित्र हत्या नै गर्न खोजेको बताए ।

राजविराज नगरपालिका वडा नम्बर ३ हाल वडा नम्बर ४ को गाउँ ब्लक नम्बर को कित्ता नम्बर ५३५ को १५ कठ्ठा ९ धुर जग्गा श्रीमती संगीता ठाकुरको नाममा २०६७ सालमै रजिष्ट्रेशन भई हालसम्म मालपोत बुझाउँदै आएकोमा आफूहरुबिरुद्ध भ्रम फैलाउन खोजेको उनले बताए ।

जग्गाको चारैतिर लागेको पुरानो पक्की पर्खाल २०७३ सालमा भत्काएर नयाँ बनाउन लाग्दा नगरपालिकाबाट कामलाई यथास्थितिमा राखी आफ्नो सबुत प्रमाणसहित उपस्थित हुनको लागि पत्राचार गरेको र सबुत प्रमाण बुझाएपछि २०७३ असार २८ गते फुकुवा गर्दै काम गर्न दिएको स्मरण गराउँदै उनले अहिले आएर बिना आधारको बक्तव्य दिनु चरित्र हत्या गर्नेबाहेक केहि पनि नभएको बताए ।

ठाकुरले जग्गामा नयाँ भवन निर्माणका लागि नक्सा बनाएर पास गरिदिन दस्तुर रु २ लाख ११ हजार ४५७ र धरौटि रु १ लाख ४ हजार ४४९ बुझाउँदै २०७८ भदौ २१ गते निवेदन दिएपनि हालसम्म नक्सा पास नगरी भवन निर्माणको अनुमति नदिएको बताए । ‘भवन निर्माणका लागि निवेदन पेश गरेको सात दिनभित्र प्रमुख प्रशासकीय अधिकृतले अनुमति दिनुपर्ने व्यवस्था छ । तर निवेदन दर्ता गराएको २५ महिना बित्दा पनि नक्सा पास नगरी आर्थिक क्षति मात्र पुर्याएको छ’ उनले भने ।

अरुको उजुरी लिई आफ्नो कार्यालयको अभिलेख समेत नभिडाई नगरपालिकाले तीन दिनको म्याद काट्ने र सो समयमा नआए कार्वाही हुने चेतावनीसहितको पत्र काटेर मेरो श्रीमती र परिवारलाई मानसिक यातना दिएको उनको भनाई छ ।

‘उल्टै मेरो क्षति गराई राजनीतिक ओतप्रोत भएर मलाई बदनाम गर्ने कार्य नगरपालिकाले गरेको छ’ ठाकुरले भने, ‘राजविराज नगरपालिकाले पठाउने र लेख्ने हरेक पत्रमा संगीता कुमारी ठाकुरको नाममा कायम रहेको जग्गा उल्लेख गर्दै आउनु र तथापी पनि बिना कारण मानसिक तनाव दिनु न्यायोचित्त होइन् । नगरपालिका सबैको हो । र, रहनुपर्छ ।’

आफैं बोक्सी, आफैं धामी बन्ने प्रबृत्ति ठीक नभएको बताउँदै उनले कानुनी प्रकृयालाई टेकेर, आफ्नो अभिलेख हेरेर मात्र अभिव्यक्ति दिन र यस किसिमको चरित्र हत्या गर्ने काम बन्द गर्न अनुरोध गरे । ‘आगामी दिनमा यस किसिमको कार्य गरिए कानुनी उपचारमा जानेछौं’ ठाकुरले पत्रकार सम्मेलनमा भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

कार्यसम्पादनमा सप्तरीका पालिका कमजोर, राजविराज झनै कमजोर

Next Post

प्रतिपक्षीले राजीनामा मागेको थाहा छैन : गृहमन्त्री श्रेष्ठ 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
प्रतिपक्षीले राजीनामा मागेको थाहा छैन : गृहमन्त्री श्रेष्ठ 

प्रतिपक्षीले राजीनामा मागेको थाहा छैन : गृहमन्त्री श्रेष्ठ 

४ थान आइफोन मोबाइल सहित एक युवक पक्राउ

४ थान आइफोन मोबाइल सहित एक युवक पक्राउ

बलानबिहुलमा विद्यालयको अतिक्रमित जग्गा खाली गराइने

बलानबिहुलमा विद्यालयको अतिक्रमित जग्गा खाली गराइने

नेशनल प्याव्सनले दियो शोक विदा

नेशनल प्याव्सनले दियो शोक विदा

पार्टीको हकहितबिरुद्ध काम गरेको भन्दै जनमतले ग¥यो ५ वडाअध्यक्षलाई कार्वाही

पार्टीको हकहितबिरुद्ध काम गरेको भन्दै जनमतले ग¥यो ५ वडाअध्यक्षलाई कार्वाही

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.