ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

कार्यसम्पादनमा सप्तरीका पालिका कमजोर, राजविराज झनै कमजोर


राजविराजमा घर नक्सा पास गर्ने कार्य स्थगित

Loading

राजविराज । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले हालै प्रदेश र स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकनको नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार सप्तरीका सबै पालिका कमजोर देखिएका छन् । सदरमुकाम समेत रहेको राजविराज नगरपालिकाको अवस्था अझै दयनीय रहेको प्रतिवेदनले देखाएको छ ।

आयोगले १६ वटा सूचक राखेर पालिकाको कार्यसम्पादन मूल्यांकन गरेको छ ।

पालिकाले असार १० भित्र नगरसभा गरे÷नगरेको, राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ सभाबाट असारभित्र पेश गरे÷नगरेको, आयव्यय प्रक्षेपण गरिएको तथ्यांक सहितको विवरण २०७९ पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे÷नगरेको, बजेट कार्यान्वयनको बाषर््िक समिक्षा गरी तत् सम्बन्धी विवरण २०७९ कात्तिकभित्र सार्वजनिक गरे÷नगरेको सूचकको आधारमा कार्यसम्पादन विवरण तयार गरेको छ ।

यस्तै, विनियोजित रकम अनुसार खर्चको अवस्था, लेखापरीक्षण्बाट औंल्यएको बेरुजुको अवस्था, स्थानीय संचित कोष व्यवस्थापन प्रणालीको प्रयोग गरे÷नगरेको, आवधिक योजना तर्जुमा गरे÷नगरेको, शैक्षिक सत्र २०८० मा कक्षा १ देखि ८ सम्मको खुद विद्यार्थी भर्ना दर, कक्षा ८ को तुलनामा कक्षा ९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० को परीक्षामा सहभागी कुल विद्यार्थी संख्याको तुलनामा कम्तीमा स्तरीकृत अंक –जिपिए) १ दशमलव ६ वा सोभन्दा उच्च जिपिए प्राप्त गरेको विद्यार्थी प्रतिशतलाई कार्य सम्पादनको सूचक बनाएको छ ।

त्यस्तै स्वास्थ्यतर्फ २०७९÷८० मा ४ पटक गर्भ जाँच गर्ने महिलाको अनुपात, गर्भवती हुने महिलाको संख्यामध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात र पूर्ण खोप पाएका बालबालिकाको अनुपातलाई कार्यसम्पादनको सूचकमा राखिएको छ ।

सदरमुकाम राजविराज नगरपालिकाले कुल १६ सूचकमध्ये ९ सूचकमा कुनै अंक नै पाएको छैन् । आयोगको प्रतिवेदन अनुसार राजविराज नगरपालिका १० दशमलव ७४ प्रतिशत अंक मात्रै प्राप्त गरेको छ । जुन सप्तरीको अन्य पालिकाभन्दा न्यून अंक हो ।

सप्तरीमा सबैभन्दा बढी सुरुङा नगरपालिकाले अंक पाएको छ । यो नगरपालिकाले ४२ दशमलव ०२ प्रतिशत अंक पाउँदा सप्तकोशी नगरपालिकाले ३४ दशमलव ८४ प्रतिशत अंक पाएको छ ।

हनुमाननगर कंकालिनी नगरपालिका २७ दशमलव ६२ प्रतिशत, कंचनरुप नगरपालिका २५ दशमलव ५९ प्रतिशत, बोदे बर्साइन नगरपालिका २३ दशमलव ९० प्रतिशत, खडक नगरपालिका २२ दशमलव ६ प्रतिशत, डाक्नेश्वरी नगरपालिका २१ दशमलव ३० प्रतिशत र शम्भुनाथ नगरपालिकाले १८ दशमलव ७२ प्रतिशत अंक पाएको छ ।

गाउँपालिकातर्फ तिलाठी कोइलाडीले सबैभन्दा बढी अंक पाएको छ । यो गाउँपालिका २६ दशमलव ८१ प्रतिशत अंक पाउँदा अग्निसाइर कृष्णसवरण गाउँपालिका २५ दशमलव १९ प्रतिशत अंक पाएको छ ।

बलान बिहुल गाउँपालिका २३ दशमलव ८९ प्रतिशत, रुपनी गाउँपालिका २३ दशमलव ६० प्रतिशत, बिष्णुपुर गाउँपालिका २० दशमलव ७५ प्रतिशत, तिरहुत गाउँपालिका २० दशमलव ०८ प्रतिशत, छिन्नमस्ता गाउँपालिका १५ दशमलव ७७ प्रतिशत, महादेवा गाउँपालिका १५ दशमलव ४५ प्रतिशत र राजगढ गाउँपालिका १५ अंक पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
1
+1
0

Related

Previous Post

अधिकृत गुरुङलाई कामकाजमा कुनै अवरोध नगर्न अन्तरिम आदेश

Next Post

कावा प्रमुखसहितकाले चरित्र हत्या गर्न खोजे : ठाकुर

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कावा प्रमुखसहितकाले चरित्र हत्या गर्न खोजे : ठाकुर

कावा प्रमुखसहितकाले चरित्र हत्या गर्न खोजे : ठाकुर

प्रतिपक्षीले राजीनामा मागेको थाहा छैन : गृहमन्त्री श्रेष्ठ 

प्रतिपक्षीले राजीनामा मागेको थाहा छैन : गृहमन्त्री श्रेष्ठ 

४ थान आइफोन मोबाइल सहित एक युवक पक्राउ

४ थान आइफोन मोबाइल सहित एक युवक पक्राउ

बलानबिहुलमा विद्यालयको अतिक्रमित जग्गा खाली गराइने

बलानबिहुलमा विद्यालयको अतिक्रमित जग्गा खाली गराइने

नेशनल प्याव्सनले दियो शोक विदा

नेशनल प्याव्सनले दियो शोक विदा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.