गंगा प्रसाद साह
भारदह । हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ३ पोर्ताहा टिमले नगरपालिकास्तरीय टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
वडा नम्बर १ ले भारदहमा आयोजना गरेको प्रतियोगिताको सोमबार सम्पन्न फाइनल खेलमा पोर्ताहाले वडा नम्बर १ भारदहलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
भारदहले दिएको ७६ रनको लक्ष्य पोर्ताहाले ७ ओभर १ बलमा मात्र २ विकेट गुमाएर पूरा ग¥यो । जीत दिलाउने क्रममा पोर्ताहाका प्रशान्त यादवले २७, सुमन यादवले १६ तथा उत्सव यादव र नवीन सिपलियाले ८÷८ रनको योगदान दिए ।
भारदहको तर्फबाट नत खड्गा र संजीब मण्डलले १÷१ विकेट लिए ।
यसअघि टस जितेर पहिले व्याटिङ गरेको भारदह १५ ओभर ३ बलमा अलआउट हुँदै ७५ रनको योगफल बनाएको थियो । उसका लागि राजु खड्गा १६, बादल मुखिया १४, सनत खड्गा १३ तथा दीपक साह र एकल मुखियाले १०÷१० रन बनाए ।
पोर्ताहाका प्रशान्त यादव ३ तथा सुमन यादव, पंकज यादव र नवीन यादवले २÷२ विकेट लिए ।
प्रतियोगितामा पोर्ताहाका प्रशान्त यादव बेस्ट खेलाडी, सौरभ यादव बेस्ट ब्याट्सम्यान, भारदहका बादल मुखिया बेस्ट बलर घोषित भए । प्रशान्तलाई रु ३ तथा सौरभ र बादललाई नगद रु २ हजार पुरस्कार प्रदान गरियो ।
उपाधि जित्ने पोर्ताहालाई नगद रु २१ हजार र भारदहलाई रु ११ हजारसहित शिल्ड र प्रमाण पत्र बितरण गरियो ।
वडा नम्बर १ का अध्यक्ष सुरेन्द्र मण्डलको अध्यक्षता तथा प्रदेश सभा सदस्य सकील अलीको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रमकाबीच भएको समापन कार्यक्रममा अर्का प्रदेश सांसद रन्जु मण्डल, नगरपालिकाका प्रमुख बिरेन्द्र माझीसहितकाले मन्तव्य व्यक्त गरेका थिए ।