ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

समानुपातिक प्रणाली हटाइए सह्य हुँदैन : केन्द्रीय सदस्य विक्की

समानुपातिक प्रणाली हटाइए सह्य हुँदैन : केन्द्रीय सदस्य विक्की

Loading

राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य विदेश्वर यादव ‘विक्की’ ले मधेशीसहित पिछडिएका वर्गले पाएको थोरै अधिकार हटाउन दुई ठूला दलले संविधान संशोधनको मुद्दा अगाडि बढाएको बताएका छन् ।

सप्तरीको शम्भुनाथ नगरपालिका १२ स्थित डेढबा पोखरीमा बिहीबार पार्टीद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रदेश सांसद समेत रहेका उनले यस्तो कुरा बताएका हुन् ।

जनतामाथि गोली बर्साएर बनाएको संविधानलाई ठूला दलले उत्कृष्ट संविधान भनेपनि अहिले संशोधन गर्न लागेको उनको भनाई छ । देशमा भएका हरेक आन्दोलनमा मधेशी, आदिवासी, जनजाती, मुश्लिम, दलितको सहभागिता भएपनि यी समुदायले पाएको थोरै अधिकारबाट बंचित गराउन कांग्रेस, एमालेले संविधान संशोधनको मुद्दा ल्याएको यादवले बताए ।

‘संविधानमा उल्लेख भएको समानुपातिक प्रणालीलाई हटाउन जुन प्रयास गरिएको छ’ यो सह्य हुँदैन’ उनले भने, ‘यसका निम्ति हामी सबैलाई एकजुट हुनु जरुरी छ ।’

कांग्रेस र एमालेकै नेताहरुले ठूला ठूला भ्रष्टाचार गरेर आरोप मधेशीमाथि लगाइरहेको उनको भनाई छ ।

‘ठूला ठूला भ्रष्टाचार काण्ड ललिता निवास, बाइडबडीजस्तामा कांग्रेस, एमालेकै नेताहरुको संलग्नता छ’ उनले भने, ‘तर आरोप मधेशीमाथि लगाइरहेको छ ।’

देशमा संचालित रहेका सयौ उद्योगलाई बन्द गरेर जनतालाई बेरोजगार बनाउने काम पनि यी दुई पार्टीले नै गरेको उनले बताए ।

पार्टीले शुरु गरेको चार महिने अभियान वडादेखि टोल टोलसम्म पुग्ने बताउँदै उनले अधिकारका लागि सबै एकजुट हुनुपर्ने बताए ।

पार्टी क्षेत्र नम्बर ३ का क्षेत्रीय अध्यक्ष कमलदेव यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा गजेन्द्र प्रसाद चौधरी, कारी चौधरीको नेतृत्वमा एमाले परित्याग गरी ३५ जना, रामदेव पासवान, विहारी मण्डलको नेतृत्वमा काँग्रेस परित्याग गरी २८ जना र मधुर साहको नेतृत्वमा लोसपा परित्याग गरी २२ स्थानीय नेताकार्यकर्ता जसपा नेपालमा प्रवेश गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीका तीन पालिकामा नयाँ हाकिम

Next Post

विंगरको ठक्करले हजूरआमा–नाति गम्भीर घाइते, भारदहमा चक्काजाम

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
विंगरको ठक्करले हजूरआमा–नाति गम्भीर घाइते, भारदहमा चक्काजाम

विंगरको ठक्करले हजूरआमा–नाति गम्भीर घाइते, भारदहमा चक्काजाम

ठक्करले घाइते १५ महिने बालकको मृत्यु, चक्काजाम खुल्यो 

ठक्करले घाइते १५ महिने बालकको मृत्यु, चक्काजाम खुल्यो 

विधान विपरीत अघि नबढ्न पत्रकार महासंघका ५३ जिल्ला अध्यक्षद्वारा केन्द्रीय नेतृत्वलाई खबरदारी 

विधान विपरीत अघि नबढ्न पत्रकार महासंघका ५३ जिल्ला अध्यक्षद्वारा केन्द्रीय नेतृत्वलाई खबरदारी 

राजविराजबाट दैनिक दुई उडानका लागि पहल गर्ने पर्यटन मन्त्री पाण्डेकाे आश्वासन 

राजविराजबाट दैनिक दुई उडानका लागि पहल गर्ने पर्यटन मन्त्री पाण्डेकाे आश्वासन 

पत्रकार महासंघका अध्यक्ष देवलाई पत्रकारिता पुरस्कार प्रदान

पत्रकार महासंघका अध्यक्ष देवलाई पत्रकारिता पुरस्कार प्रदान

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.