ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

कोशीमा खसेको बसबाट उद्धार गरिएकामध्ये १३ जना घाइते (सूचीसहित)

कोशी नदीमा खस्यो बस, स्थानीयद्धारा यात्रुको उद्धार

Loading

राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित कोशी नदीमा खसेको बसमा सबार १३ जना घाइते भएको पाइएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बस नगरपालिकाको वडा नम्बर १ कोशी व्यारेजको ३६ नम्बर ढोकाबाट नदीमा बिहीबार साँझ ६ बजेतिर खसेको हो । को.१ख ४६०१ नर्सिङ डिलक्स नामक बस कोशी व्यारेजको दक्षिणतर्फको रेलिङ भत्काएर बस नदीमा खसेको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

बसमा सबार १७ जना यात्रुलाई स्थानीय र प्रहरी मिलेर तत्कालै उद्धार गरेका छन् । उद्धार गरिएकामध्ये १३ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जना सप्तरीकै छन् ।

घाइतेहरुमा सप्तरीको कंचनरुप नगरपालिका १ बस्ने २० बर्षीय मौसम श्रेष्ठ, बलान बिहुल गाउँपालिका ३ बस्ने २८ बर्षीय सुलेन्द्र राम, हनुमाननगर कंकालिनी नगरपालिका ४ बस्ने भोला प्रसाद साह, रुपनी गाउँपालिका २ बस्ने २७ बर्षीया सरिता खातुन, सुरुङा नगरपालिका ५ बस्ने १५ बर्षीया रोकया खातुन, सोही ठाउँकी २५ बर्षीया रबिना खातुन, उनकी छोरीहरु ८ बर्षीया दलिना खातुन र ३ बर्षीया उमेरा खातुन घाइते भएका छन् ।

यस्तै, उदयपुरको चौदण्डीगढी नगरपालिका १ बस्ने ३८ बर्षीया अर्चना कुमारी शर्मा, वडा नम्बर २ बस्ने ७० बर्षीय हर्कबहादुर कटुवाल, मोरंगको सुन्दर हरैचा नगरपालिका ३ बस्ने ३४ बर्षीय दिलिप चौधरी, ३४ बर्षीया अनिता चौधरी, उनकी २ बर्षीया छोरी सुजाता चौधरी घाइते भएकी छन् ।

घाइतेमध्ये कतिपयको अनुहार र हातखुट्टामा चोटपटक लागेको र बिभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

कोशीमा खसेका बसका चालक प्रहरीको नियन्त्रणमा, उद्धार गरिएकालाई अस्पताल पठाइयो

Next Post

राजविराज : हराइरहेका बालकको नालामा शव भेटियो

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कोशी नहरको गेटमा फेला प¥यो लास

राजविराज : हराइरहेका बालकको नालामा शव भेटियो

सप्तकोशी नदीमा पानीको बहाब लगातार बढ्दै, ५६ वटै ढोका खोलियो

सप्तकोशी नदीमा पानीको बहाब लगातार बढ्दै, ५६ वटै ढोका खोलियो

सप्तकोशी नदीमा पानीको बहाब लगातार बढ्दै, ५६ वटै ढोका खोलियो

सप्तकोशी नदीको बहाब पुग्यो ५ लाख क्यूसेकभन्दा माथि 

कोशी व्यारेजको पुलबाट पैदल हिंडन समेत रोक

कोशी व्यारेजको पुलबाट पैदल हिंडन समेत रोक

निरन्तरको बर्षा : तिलाठी कोइलाडीका पाँच सयभन्दा बढी घर डुबानमा

निरन्तरको बर्षा : तिलाठी कोइलाडीका पाँच सयभन्दा बढी घर डुबानमा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.