![]()
राजविराज । जाडो शुरू भएसँगै सशस्त्र प्रहरीले सप्तरीका विपन्न परिवारलाई बल्यांकेट बितरण गरेको छ ।
जिल्लाकाे तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर १ बेल्हीमा सीमाबासीसँग सशस्त्र प्रहरी, बल नेपालको सम्बन्ध सुमधुर बनाउन सीमाबासी लक्षित (BADP) कार्यक्रम अन्तर्गत बल्यांकेट बितरण गरिएको हाे ।
सशस्त्र प्रहरी बल नम्बर ६ गण हे.क्वा. सप्तरीले बिपन्न र असहाय सय परिवारलाई १/१ थानका दरले बल्यांकेट बितरण गरिएको गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक ज्ञानमणी पाैडेलले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालको प्रमुख आतिथ्यता एवं तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मंडलको विशिस्ट आतिथ्यमा आयोजित कार्यक्रममा बल्यांकेट बितरण गरिएको हाे ।
उक्त अवसरमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा, राष्ट्रिय अनुसन्धान कार्यालय सप्तरीका प्रमुख सुरेन्द्र कोईराला, नेपाली सेना बरख गणका प्रतिनिधि सेनानी लव जङ्ग थापा, जनप्रतिनिधि, भद्रभलादमी,सहितको उपस्थिति थियोे ।











