ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीको बोदेबर्साइनमा मुख्यमन्त्री सिँहको अनुगमन, पाँचमध्ये चार अस्पताल बन्द गर्न निर्देशन 

सप्तरीको बोदेबर्साइनमा मुख्यमन्त्री सिँहको अनुगमन, पाँचमध्ये चार अस्पताल बन्द गर्न निर्देशन 

Loading

राजविराज । सप्तरीको बोदेबर्साइनमा स्वास्थ्य व्यावसायी परिषद बाट दर्ता प्रमाणपत्र नलिएका स्वास्थ्यकर्मी खटिने र मापदण्डविपरीत आकस्मिक उपचार कक्षमा आठ बेड र अन्तरङ्ग विभागमा नौ बेड सञ्चालन गरिरहेको जीवन ज्योति हस्पिटल प्रालिलाई १५ दिनभित्र कानुनसम्मत ढङ्गले सञ्चालन गर्न निर्देशन दिइएको छ ।

बोदेबर्साइन नगरपालिकाबाट १५ शय्याको सेवा सञ्चालन अनुमति प्राप्त गरेको सो अस्पतालले मापदण्डविपरीत विभिन्न कक्ष तथा विभागमा बढी शय्या सञ्चालन गरिरहेको तथा तोकिएको निकायबाट सेवा प्रदान गर्ने अनुमति नलिएका स्वास्थ्यकर्मीका भरमा स्वास्थ्यसेवा प्रदान गर्दैआएकाले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले अस्पताललाई नियमसम्मत तवरले सञ्चालन गर्न निर्देशन दिएका हुन् ।

स्थानीय तहबाट १५ शय्याको सेवासञ्चालन अनुमति प्राप्त गरेर सञ्चालमा आएको सो अस्पताल मापदण्डअनुसार नै सेवा दिनुपर्ने स्थिति देखिएकाले स्वास्थ्य संस्था सञ्चालन निर्देशिकाअनुसार प्रदेश सरकारको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयबाट १५ दिनभित्र अनुगमन गराई मापदण्ड अनुसारको व्यवस्थापनका आधारमा मात्र अस्पताल सञ्चालन गर्न मुख्यमन्त्री सिँहले निर्देशन दिएको उनका प्रेस सल्लाहकार अनिलकुमार कर्णले बताए ।

मुख्यमन्त्री सिँहका प्रेस सल्लाहकार कर्णले नेपाल स्वास्थ्य व्यावसायी परिषद् ऐन २०५२ ले ऐन प्रारम्भ भएको एक वर्षपछि दर्तावाला स्वास्थ्य व्यावसायीबाहेक अन्य स्वास्थ्य व्यावसायीले प्रत्यक्ष वा अप्रत्यक्ष रूपले स्वास्थ्य सेवा प्रदान गर्ने कामलाई दण्डनीय बनाए पनि अस्पतालमा उपलब्ध स्वास्थ्यकर्मी दर्तावाला नरहेको तर्फ मुख्यमन्त्री सिँहको ध्यानाकर्षण भएको जानकारी दिए ।

आइतबार बोदेबर्साइनस्थित पाँच अस्पतालको अनुगमन गरेका मुख्यमन्त्री सिँहले कुनै पनि तहबाट सेवा सञ्चालन अनुमति नलिएका थप चार अस्पताललाई बन्द गर्ने निर्देशन दिएका छन् ।

बन्द गर्न निर्देशन दिइएका अस्पतालमा लाइफ केयर पोलिक्लिनिक प्रालि, छिननमस्ता डेन्टल क्लिनिक प्रालि, सगरमाथा डेन्टल क्लिनिक प्रालि, नईमा हेल्थ केयर एण्ड डाइग्नोष्टिक सेन्टर र अक्टोभोग आइकेयर प्रालि छन् ।

प्रदेशको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरका अनुसार मुख्यमन्त्री सिँहले अहिलेसम्म १ सय ६२ निजी स्वास्थ्य संस्थाको अनुगमन गरेका छन् । तीमध्ये १७ वटा मापदण्डअनुसारका पाइएका छन् भने मापदण्ड पुरा नगरेका १ सय १२ वटा अस्पताल बन्द गराइएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
3
+1
0
+1
0
+1
1

Related

Previous Post

उच्च अदालत जनकपुर राजविराज इजलासलाई वाणिज्य सम्बन्धी मुद्दा हेर्ने अधिकार 

Next Post

सिनियर अहेव तथा सिनियर अनमीद्वारा तीन निकायलाई ज्ञापन, २५ गतेदेखि धर्ना बस्ने चेतावनी

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सिनियर अहेव तथा सिनियर अनमीद्वारा तीन निकायलाई ज्ञापन, २५ गतेदेखि धर्ना बस्ने चेतावनी

सिनियर अहेव तथा सिनियर अनमीद्वारा तीन निकायलाई ज्ञापन, २५ गतेदेखि धर्ना बस्ने चेतावनी

ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गर्न सरकारसँग माग

ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गर्न सरकारसँग माग

माधव नेपालले भने– गणतन्त्रवादी राम र राजावादी रावण हुन्

माधव नेपालले भने– गणतन्त्रवादी राम र राजावादी रावण हुन्

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सुनसरीबाट अपहरित बालिकाको उद्धार, सप्तरीका युवक पक्राउ

हनुमाननगर कंकालिनीमा किसानका लागि सुविधा, जडान गरियो ट्रान्सफर्मरसँगै मास्टर विद्युतीय मिटर

हनुमाननगर कंकालिनीमा किसानका लागि सुविधा, जडान गरियो ट्रान्सफर्मरसँगै मास्टर विद्युतीय मिटर

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.