ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

भुक्तानी पाएको बित्यो डेढ महिना, अझै शुरु गरिएन शम्भुनाथ अस्पतालको काम


भुक्तानी पाएको बित्यो डेढ महिना, अझै शुरु गरिएन शम्भुनाथ अस्पतालको काम

Loading

राजविराज । निर्माण कम्पनीका प्रतिनिधीहरुको एउटा बहाना हुन्छ, भुक्तानी नै पाइएन, काम कसरी अगाडि बढाउनु ?’

तर, भुक्तानी पाएर पनि काम अलपत्र गर्ने निर्माण कम्पनीहरुको संख्या बढ्दै गएको छ । जसको ज्वलन्त उदाहरण बनेको छ सप्तरीको शम्भुनाथ नगरपालिका ।

यो नगरपालिकाको वडा नम्बर १० मा १५ शैय्याको नगर अस्पताल निर्माणाधीन छ । अस्पतालको यो भवन बनाउने ठेक्का एमबी टेक्नो जय शम्भो जेभी कम्पनीले लिएको छ । यो कम्पनीले पहिलादेखि नै काम लथालिङ्ग पारेपनि नगरपालिकाले गत जेठ ८ गते मिलोमतोमा १ करोड २५ लाख भुक्तानी दिएको छ ।

अस्पताल निर्माण गर्न यसअघि नै नगरपालिकाले २०८१ साल असार १७ गते निर्माण कम्पनीसँग सम्झौता गरेको थियो । भ्याटसहित कुल २३ करोड ९ लाख ७५ हजार ८९५ रुपैयाँमा ठेक्का कबोल गरेको निर्माण कम्पनीले मोविलाइजेसन वापत यसअघि पनि १ करोड ८८ लाख भुक्तानी पाएका थिए । तर, कम्पनीले अहिले खाल्डो खनेर छड ओछ्याउनेबाहेक कुनै काम नगरेको पाइएको छ । काम अलपत्र पार्दा उक्त फलामे छडमा खिया लागिसकेको अवस्थामा कारबाही बढाउनुको साटो मिलेमतोमा नगरपालिकाले थप १ करोड २५ लाख रुपैयाँ ठेकेदारलाई भुक्तानी दिए ।

यो भुक्तानी पाउँदा समेत ठेकेदारले काम अघि नबढाएको वडा अध्यक्ष धर्मेन्द्र भनिने रमाकान्त मण्डलले बताए । ‘रकम पाएपछि काम अघि बढाउनुप¥थ्यो, ‘उनले भने, ‘यसमा भुक्तानी दिने नगरपालिकाका कावा मेयर र प्रमुख प्रशासकीय अधिकृत दोषी हुन् ।’

निर्माण कम्पनीले भुक्तानी पाएको तीन महिनाअघि देखि नै काम अवरुद्ध गरेका थिए । भुक्तानी पाएको डेढ महिना बित्न लाग्दा पनि काम शुरु गरिएको छैन् ।

अस्पताल भवनको काम शुरु गराउन आफूले पटक–पटक भन्दै आएपनि आफू समेतलाई कुनै जानकारी नदिएको वडा अध्यक्ष मण्डलको भनाई छ ।

यो भुक्तानी प्रकरणमा नगरपालिकाका कावा मेयर अनिता चौधरीका सल्लाहकार अनिल भगतले २५ लाख रुपैयाँ आर्थिक लाभ लिएको दावी गर्दै स्थानीय विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले छानबिनको माग समेत गरेका छन् । उनीहरुले गत ५ असारमा प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापन पत्र बुझाउँदै छानबिन गरी दोषीमाथि कार्वाहीको माग गरेका छन् ।

स्थानीय बासिन्दाले यसलाई भ्रष्टाचारको उपज भन्दै आक्रोश प्रकट गरेका छन् ।

अस्पताल निर्माणको विषयमा भएको ढिलाइले स्थानीय बासिन्दामा ठूलो निराशा पैदा गरेको वडा अध्यक्ष मण्डल बताउँछन् । शम्भुनाथका एक स्थानीयले भने, ‘हामीले यो अस्पतालको लागि लामो समयदेखि पर्खाइमा थियौं । तर ठेकेदारले काम नगर्दा हाम्रो लगानी र आशा दुबै चकनाचुर भएको छ ।’

स्थानीयहरुले प्रमुख जिल्ला अधिकारीले यथाशीघ्र सकरात्मक पहल गर्नुपर्ने बताएका छन् ।

अस्पताल निर्माण कार्यको ढिलाइले बासिन्दा र राजनीतिक दलका प्रतिनिधिहरूलाई थप सशंकित बनाएको छ । स्थानीयले ठेकेदार दीपक कार्की र सम्बन्धित प्रमुख प्रशासकीय अधिकृत हरि मोहन सुतिहारलाई तत्काल कारवाहीको माग गरेका छन् ।

यस बिषयमा बुझ्न खोज्दा कार्की र सुतिहार कोहि पनि सम्पर्कमा आएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सीमान्तकृत महिलाको नेपाल प्रहरीमा जागिर खाने अपेक्षा

Next Post

उपचार गराउन गएकी महिलासँग जवर्जस्ती करणी प्रयासको आराेपमा स्वास्थ्यकर्मी पक्राउ 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

उपचार गराउन गएकी महिलासँग जवर्जस्ती करणी प्रयासको आराेपमा स्वास्थ्यकर्मी पक्राउ 

बन्द गर्ने भनेर पुनः माथिल्लो कक्षा चलाउनेबिरुद्ध कार्वाही प्रकृया अगाडि बढाइयो

बन्द गर्ने भनेर पुनः माथिल्लो कक्षा चलाउनेबिरुद्ध कार्वाही प्रकृया अगाडि बढाइयो

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

सप्तरी : दाजु नाता पर्नेद्वारा नै महिलासँग सामूहिक बलात्कार

नेपाली कांग्रेस, सप्तरीको कार्यालय तीन दिनसम्म बन्द रहने

सप्तरी कांग्रेसले क्षेत्रिय सभापतिको शोकमा तीन दिनसम्म पार्टीको आधा झण्डा झुकाउने

मधेश बुझ्न १६ जना विदेशी विद्यार्थी सप्तरी आइपुगे

मधेश बुझ्न १६ जना विदेशी विद्यार्थी सप्तरी आइपुगे

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.