ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सीमान्तकृत महिलाको नेपाल प्रहरीमा जागिर खाने अपेक्षा

सीमान्तकृत महिलाको नेपाल प्रहरीमा जागिर खाने अपेक्षा

Loading

राजविराज । सीमान्तकृत महिलाले नेपाल प्रहरीमा जागिर खाने अपेक्षा देखाएकी छन् ।
एफसिडिओको आर्थिक सहयोगमा यूएन ओप्सद्वारा सञ्चालित सुरक्षा तथा न्याय कार्यक्रम अन्तर्गत दलित सरोकार मञ्च नेपालको समन्वयमा सोमबार सप्तरीको कंचनरुप नगरपालिकामा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सीमान्तकृत महिलाले नेपाल प्रहरीमा जागिर खाने अपेक्षा राखेकी हुन् ।
कार्यक्रममा सहभागी ६० भन्दा बढी महिलाले नेपाल प्रहरीको सहायक निरीक्षक असई बन्ने आफूहरुको सपना रहेको बताइन् । प्रविणता प्रमाण पत्र तह अध्ययन गरेकी ती महिलालाई नै लक्षित गरी यो कार्यक्रमको आयोजना गरिएको यूएन ओप्सका प्रतिनिधि आलोक ठाकुरले बताए ।
कंचनरुप नगरपालिकामा योग्य महिलाको पहिचान तथा छनौट प्रक्रिया शुरु गरिएको बताउँदै उनले भने, ‘अन्तरक्रिया कार्यक्रम तयारी कक्षा सुरु गर्ने उद्देश्यले नभई तयारी कक्षामा सहभागी हुन सक्ने योग्य महिलाहरूको पहिचान तथा छनौट गर्ने पूर्व कार्यका रूपमा गरिएको हो ।’
मधेश प्रदेशमा ३० लाखभन्दा बढी महिला जनसंख्या रहे पनि मधेश प्रदेशमा प्रहरी सेवामा महिला सहभागिता २७५ देखि ३०० जना मात्र रहेको उल्लेख गर्दै उनले सिमान्तकृत महिलाहरूको न्यायमा पहुँच कमजोर रहेकोमा चिन्ता व्यक्त गरे ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लेखबहादुर विष्टले कार्यक्रमलाई प्रयोगात्मक बनाउँदै लैङ्गिक हिंसा, घरेलु हिंसा, साइबर अपराध तथा सम्बन्धित कानुनी व्यवस्थाहरूको विस्तृत जानकारी गराए । उनले नेपाल प्रहरीमा भर्ती प्रक्रिया, लोक सेवा आयोगको परीक्षा ढाँचा, आवश्यक शारीरिक मापदण्ड, उचाइँ, तौल, दौड, सहनशक्तिका साथै शैक्षिक पाठ्यक्रम (सिलेबस) बारे जानकारी गराएका थिए ।
यूएनओप्सकी प्रतिनिधि सीमा सिंहले सहभागी महिलाहरूमध्येबाट लिखित तथा शारीरिक परीक्षणका आधारमा उत्कृष्ट प्रदर्शन गर्ने ३० जनालाई तीन महिनाको आवासीय तयारी कक्षामा सहभागी गराइने जानकारी दिइन् । दलित सरोकार मञ्च नेपालका कार्यकारी निर्देशक भोला पासवानले विशेषगरी मधेसी दलित, पहाडी दलित, मुस्लिम, थारु—महिलाहरूलाई प्रहरी सेवामा औपचारिक रूपमा सहभागिता गराउने दीर्घकालीन प्रयास भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

खंगको हत्या प्रकरण : एक महिला पक्राउ

Next Post

भुक्तानी पाएको बित्यो डेढ महिना, अझै शुरु गरिएन शम्भुनाथ अस्पतालको काम

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
भुक्तानी पाएको बित्यो डेढ महिना, अझै शुरु गरिएन शम्भुनाथ अस्पतालको काम

भुक्तानी पाएको बित्यो डेढ महिना, अझै शुरु गरिएन शम्भुनाथ अस्पतालको काम

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

उपचार गराउन गएकी महिलासँग जवर्जस्ती करणी प्रयासको आराेपमा स्वास्थ्यकर्मी पक्राउ 

बन्द गर्ने भनेर पुनः माथिल्लो कक्षा चलाउनेबिरुद्ध कार्वाही प्रकृया अगाडि बढाइयो

बन्द गर्ने भनेर पुनः माथिल्लो कक्षा चलाउनेबिरुद्ध कार्वाही प्रकृया अगाडि बढाइयो

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

सप्तरी : दाजु नाता पर्नेद्वारा नै महिलासँग सामूहिक बलात्कार

नेपाली कांग्रेस, सप्तरीको कार्यालय तीन दिनसम्म बन्द रहने

सप्तरी कांग्रेसले क्षेत्रिय सभापतिको शोकमा तीन दिनसम्म पार्टीको आधा झण्डा झुकाउने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.