![]()
राजविराज । सप्तरीको राजगढ गाउँपालिकामा युवक हत्या गरिएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीकै डाक्नेश्वरी नगरपालिका ९ बस्ने २१ बर्षीया तुलसीदेवी सरदार छन् ।
राजगढ गाउँपालिका ४ स्थित लबका पोखरी छेउमा डाक्नेश्वरी ८ का ३२ बर्षीय राजकुमार खंगको हत्या भएको अवस्थाामा बिहीबार शव भेटिएको थियो ।
उनको हत्यामा सरदारको संलग्नता रहेको भन्दै प्रहरीले उनलाई सुनसरीको इनरुवा नगरपालिका ९ बबियाबाट नियन्त्रणमा लिएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । सरदारको साथबाट मृतकले प्रयोग गर्ने मोवाइल सेट बरामद भएको छ ।
सप्तरी जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।












