ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, June 22, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

बन्द गर्ने भनेर पुनः माथिल्लो कक्षा चलाउनेबिरुद्ध कार्वाही प्रकृया अगाडि बढाइयो


बन्द गर्ने भनेर पुनः माथिल्लो कक्षा चलाउनेबिरुद्ध कार्वाही प्रकृया अगाडि बढाइयो

Loading

दिपेश जोशी

राजविराज । अदालतको आदेश विपरित बिना अनुमतिको माथिल्लो कक्षा बन्द गराइएपनि पुनः चलाएको पाइएपछि कार्वाही प्रकृया अगाडि बढाइएको छ ।

१९ बैशाखमा उच्च अदालत राजविराजले अनुमति पाएको भन्दा माथिल्लो कक्षा नचलाउन आदेश दिएपछि शिक्षा विकास तथा समन्वय इकाईको अगुवामाईमा सप्तरीमा निरन्तर अनुगमन हुँदै आएको छ । अनुगमनका क्रममा बिना अनुमतिका माथिल्लो कक्षा नचलाउने नगर्ने लिखित हस्ताक्षर गरेका नीजि विद्यालयका संचालकहरुले पुनः कक्षा संचालन गरेको पाइएपछि कार्वाही प्रकृया अघि बढाइएको हो ।

बुधबार जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका पुगेको अनुगमन टोलीले ९ वटा नीजि विद्यालयलाई कार्वाहीको प्रकृया अगाडि बढाएको छ ।

यसअघि अनुमति बिनाको माथिल्लो कक्षा बन्द गर्ने भनेर आफैं हस्ताक्षर गरेका विद्यालयले पुनः सोही कक्षा संचालन गरेको पाइएपछि कार्वाहीको प्रकृया अघि बढाइएको जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख शशी यादवले जानकारी दिए ।

उनका अनुसार अनुमति नलिएका माथिल्लो कक्षाका सबै रजिष्टर नियन्त्रणमा लिइएको छ । रजिष्टर नियन्त्रणमा लिएपछि अब संचालकलाई कानुन बमोजिम कार्वाहीका लागि सम्बन्धित निकायमा लेखी पठाउने उनले बताए । ‘बन्द नगरिए अब कानुन अनुसार कार्वाही हुन्छ’ उनले भने ।

बुधबार हनुमाननगर कंकालिनी नगरपालिकास्थित शिक्षादीप बोर्डिङ्ग स्कुलले २ कक्षाको अनुमति लिई ५ सम्म, गौतम बुद्ध आइडियल स्कुलले पूर्व प्राथमिक तहको अनुमति लिएर ५ सम्म, ग्रीनलैण्ड इंगलिस एकेडेमीले १ सम्म अनुमति लिएर ४ सम्म, आरपी मेमोरियलले १ को अनुमति लिएर ७ सम्म, आनन्द प्राइभेट एजुकेशनल गुठीले १ को अनुमति लिएर कक्षा ८ सम्म, ब्राइट फ्युचर एकेडेमीले बिना अनुमतिको ३ कक्षासम्म, बजरंग इंगलिस बोर्डिङ्ग स्कुलले कक्षा १ को अनुमति लिएर ६ सम्म, जय बाबा धर्मराज इंगलिस बोर्डिङ्ग स्कुलले पूर्व प्राथमिक तहको अनुमति लिएर ४ तथा वैष्णेदेवी बोर्डिङ्ग स्कुलले १ को अनुमति लिएर ८ सम्म संचालन संचालन गर्दै आएकोमा अनुगमन टोलीले यसअघि नै बन्द गर्न भनिसकेको थियो ।

बन्द गर्ने भनेर आफैं हस्ताक्षर गरेको आनन्द प्राइभेट एजुकेशनल गुठीले हनुमाननगर बजारमा अर्कै कोठामा अनुमति बिनाको माथिल्लो कक्षा संचालन गरेको पाइएको अनुगमन टोलीले जनाएको छ ।

बन्द गर्ने भन्दै पुनः संचालन गरेको पाइएपछि यी माथिल्लो कक्षाका रजिष्टर नियन्त्रणमा लिइएको यादवले बताए ।

अर्काे विद्यालयमा इमिस भरेर यी विद्यालय संचालकहरुले नीजि विद्यालय संचालन गर्दै आएका छन् ।

इकाई प्रमुख यादवले यी विद्यालयका संचालकलाई कार्वाहीको प्रकृयामा लग्ने बताए ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले पटक–पटक अनुगमनमा जाँदा अनुमति बेगरका कक्षा संचालन नगर्न भन्दा पनि अटेर गरेकाले सम्बन्धित निकायले कानुन बमोजिम कार्वाहीको प्रकृया अघि बढाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Related

Previous Post

उपचार गराउन गएकी महिलासँग जवर्जस्ती करणी प्रयासको आराेपमा स्वास्थ्यकर्मी पक्राउ 

Next Post

सप्तरी : दाजु नाता पर्नेद्वारा नै महिलासँग सामूहिक बलात्कार

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

सप्तरी : दाजु नाता पर्नेद्वारा नै महिलासँग सामूहिक बलात्कार

नेपाली कांग्रेस, सप्तरीको कार्यालय तीन दिनसम्म बन्द रहने

सप्तरी कांग्रेसले क्षेत्रिय सभापतिको शोकमा तीन दिनसम्म पार्टीको आधा झण्डा झुकाउने

मधेश बुझ्न १६ जना विदेशी विद्यार्थी सप्तरी आइपुगे

मधेश बुझ्न १६ जना विदेशी विद्यार्थी सप्तरी आइपुगे

नयाँ एसपी केसीले भने-जिल्लाबाट भाग्नु नपरोस्, नभगाइयोस

नयाँ एसपी केसीले भने-जिल्लाबाट भाग्नु नपरोस्, नभगाइयोस

नगरस्तरीय ब्याडमिन्टन प्रतियोगितामा उमेश र हिरानन्दको जोडीलाई उपाधि

नगरस्तरीय ब्याडमिन्टन प्रतियोगितामा उमेश र हिरानन्दको जोडीलाई उपाधि

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.