राजविराज । राजविराज नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको समूह ‘ए’ तथा ‘बी’ दुवैतर्फ उपाधि क्रमशः हिरानन्द झा – उमेश गुप्ता र कर्ण बहादुर लिम्बु – महाकान्त चौधरीको जोडिले जितेका छन् ।
समूह ‘ए’ अन्तर्गतको फाइनल खेलमा हिरानन्द झा र उमेश गुप्ताको जोडीले दीपक गुप्ता र बुद्ध सागर चौधरीको जोडीलाई सोझो सेटमा २१–११ र २१–१९ को अंकले पराजित गर्दै उपाधि जितेका हुन् ।
समूह ‘बी’ तर्फको फाइनल खेलमा कर्णबहादुर लिम्बु र महाकान्त चौधरीको जोडीले सुनिल परियार र सत्यनारायण चौधरीलाई सोझो सेटमा २५–२३ र २१–१२ अंकले हराउँदै सहज जित हात पारेको छ ।
दुवै समूहमा तेस्रो स्थान दुई–दुई जोडिलाई प्रदान गरिएको थियो । समूह ‘ए’ मा उदयबीर नेपाली–रामकुमार देव र दिनेश यादव–पदम बुढाथोकीको जोडीले तेस्रो स्थान हात पारेका छन् ।
समूह ‘बी’ मा सरोज तामाङ–नवीन चौधरी र रुद्र खड्का–अजय चौधरी तेस्रो स्थान प्राप्त ग¥यो ।
प्रतियोगितामा विजयी हुने समूह ‘ए’ को टोलीलाई क्रमशः रु २० हजार दोस्रो हुनेलाई रु. १० हजार र तेस्रो हुनेलाई रु ५ हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
समुह ‘बि’ तर्फ प्रथमलाई रु १५ हजार, दोस्रोलाई रु ८ हजार र तेस्रोलाई रु ४ हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगिता समापन कार्यक्रममा न्यायाधीश दीपक दाहाल, राजविराजका कार्यवाहक नगर प्रमुख ईसरत परबिन, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, वडा नम्बर २ का वडा अध्यक्ष अरूण यादव र ८ का अध्यक्ष जयनारायण मण्डल लगायतको उपस्थिति रहेको थियो ।
सप्तरी युथ नेपालको आयोजनामा राजविराज २ स्थित कभर्ड हलमा यो प्रतियोगिताको आयोजना गरिएको थियो ।