ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, October 8, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

शम्भुनाथका कर्मचारीलाई काममा फर्किन पालिका प्रमुखहरुको आग्रह, आन्दोलनप्रति कर्मचारी युनियनको ऐक्यबद्धता


शम्भुनाथका कर्मचारीलाई काममा फर्किन पालिका प्रमुखहरुको आग्रह, आन्दोलनप्रति कर्मचारी युनियनको ऐक्यबद्धता

Loading

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा २५ असारको राति भएको घट्ना समाधान पार्ने उद्देश्यले सप्तरीका पालिका प्रमुखहरुको बैठक आईतबार बसेको छ ।
शम्भुनाथ नगरपालिकामा बसेको जिल्लाका पालिका प्रमुखहरुको बैठकले तत्काल कर्मचारीलाई काममा फर्किन आग्रह गरेको छ ।
‘हाम्रो बैठकले तत्काल कर्मचारीलाई काममा फर्किन आग्रह गरेको छ’ बैठकमा सहभागी बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले भने, ‘बाँकी कुरा वार्ताको माध्यमले टुँग्याउने कुरा भएको छ ।’
उनका अनुसार मंगलबार जिल्ला समन्वय समितिका प्रमुखको रोहबरमा जिल्ला प्रशासन कार्यालयमा बैठक बसी समस्याको समाधान खोज्ने निर्णय समेत भएको छ ।
वार्ता र सहमतिकै आधारमा समस्या समाधान गर्ने निर्णाय पालिका प्रमुखहरुले गरेका छन् ।
बैठकमा शम्भुनाथका निलम्वित मेयर जितेन्द्र प्रमाद गुप्ताले समेत सहभागिता जनाएका छन् ।
बैठकमा कंचनरूप नगरपालिका मेयर ललन प्रसाद गुप्ता, डाक्नेश्वरी नगरपालिका मेयर रामलखन मलाह, सुरुङ्गा नगरपालिका मेयर गीता चौधरी, बोदे बर्साइन नगरपालिकाका मेयर आतेश सिंह यादव, राजविराज नगरपालिकाका कावा मेयर इसरत परबिन, रुपनी गाउँपालिका अध्यक्ष दिनेश यादव, बलान विहुल गाउँपालिकाका अध्यक्ष खेम चन्द्र यादव लगायतका पालिका प्रमुखहरुको सहभागिता रहेको थियो ।
चालू आ.ब.को अन्तिम दिन २५ असारको राति आफूहरुलाई नगरपालिकाका निलम्बित मेयर जितेन्द्र गुप्ता, कावा मेयरका सल्लाहकार अनिल भगतसहितकाले कुटपिट गरेको भन्दै कर्मचारी कामकाज ठप्प गरी धर्ना बस्दै आएका छन् ।
कर्मचारीहरुका अनुसार बुधबार राति निलम्बित मेयर जितेन्द्र प्रसाद गुप्ता, कावा मेयरका सल्लाहकार अनिल भगतसहितकाले इन्जिनियर सुनिल कुमार यादव, सव इन्जिनियरद्वय बिनोद यादव र मनोज कुमार चौधरी, सूचना प्रविधि अधिकृत र जिन्सी शाखा प्रमुख मो. तमन्ना, हलुका सवारी चालक हरी प्रसाद भगतलाई कुटपिट गरेका हुन् ।
कुटपिटमा परेपछि कर्मचारीहरुले प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई बिहीबार ज्ञापन पत्र बुझाउँदै सुरक्षाको माग गरेका छन् ।
यस्तै, उनीहरुले कुटपिट गर्नेमाथि कार्वाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा समेत उजुरी दिएका छन् ।
यसैबीच नेपाल कर्मचारी युनियनले शम्भुनाथका कर्मचारीले जारी राखेको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् ।
कर्मचारी युनियनका अध्यक्ष सूर्यकान्त झाले कर्मचारीको आन्दोलनप्रति ऐक्यबद्धता रहेको बताए । उनले कर्मचारीलाई कुटपित गर्नेलाई कार्वाहीको माग समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजविराज : युवकमाथि खुकुरी प्रहार 

Next Post

सिटिजन्स बैंकद्वारा मझौ राप्राविलाई शुद्ध खानेपानीको मेसिन प्रदान

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सिटिजन्स बैंकद्वारा मझौ राप्राविलाई शुद्ध खानेपानीको मेसिन प्रदान

सिटिजन्स बैंकद्वारा मझौ राप्राविलाई शुद्ध खानेपानीको मेसिन प्रदान

टिकटकमा अभद्र गाली गलौज गर्ने महिला पक्राउ 

टिकटकमा अभद्र गाली गलौज गर्ने महिला पक्राउ 

खडक नपाको आगामी आ.ब. को बजेट स्वीकृत

खडक नपाको आगामी आ.ब. को बजेट स्वीकृत

सप्तरीमा पनि काकाकुलकाे स्थिति, शुरु गरियो पानी बितरण

सप्तरीमा पनि काकाकुलकाे स्थिति, शुरु गरियो पानी बितरण

मालपोत कार्यालयको तामेली भरिभराउ, कागजात राख्न ठूलो समस्या

मालपोत कार्यालयको तामेली भरिभराउ, कागजात राख्न ठूलो समस्या

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.