![]()
राजविराज । राजविराज नगरपालिकामा युवकमाथि खुकुरी प्रहार गरिएको छ ।
नगरपालिकाको वडा नम्बर ८ पुलचोक निवासी १८ बर्षका सुमित मण्डलमाथि खुकुरी प्रहार भएको हो । आपसी वादविवादका क्रममा सोही ठाउँका २२ बर्षका मुकेश मण्डलले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट सुमितको टाउकोमा चोट लागेको र गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहार गर्ने मुकेश फरार भएको र खोजी भैरहेको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।












