![]()
राजविराज । सप्तरीको खडक नगरपालिकाकाे आगामी आ.ब. २०८२/८३ का लागि प्रस्तुत गरिएको बजेट स्वीकृत भएको छ ।
नगरपालिकाको १७ औं नगर सभाले बजेट स्वीकृत गरेको हो ।
नगरपालिकाले आगामी आ.ब. को लागि कुल १ अर्ब ६ करोड २९ लाख ५१ हजारको बजेट प्रस्तुत गरेको थियो । यसमध्ये चालूतर्फ रु ४६ करोड ५२ हजार र पूँजिगत तर्फ रु ३५ करोड २८ लाख ९९ हजार ४८० विनियोजन गरिएको छ ।
सामाजिक सुरक्षा भत्ताका लागि रु २५ करोड विनियोजन गरिएको छ ।
नगर सभाको गत असार ८ गते भएको नगर सभाको पहिलो सत्रमा बजेट एवं नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । बजेटलाई मंगलबार आयोजना गरिएको नगर सभाले सर्वसम्मतले स्वीकृत गरेको नगरपालिकाले जनाएको छ ।












