![]()
राजविराज । सप्तरीमा करेन्ट लागेर एक दम्पतिको ज्यान गएको छ ।
जिल्लाको रुपनी गाउँपालिका वडा नम्बर २ पौवाँ निवासी दम्पतिको आज बिहान करेन्ट लागेर ज्यान गएको हो ।
प्रहरीका अनुसार स्थानीय कैला भनिने बालेश्वर खंग र उनकी पत्नी रामकुमारीको ज्यान गएको छ ।
सिटी रिक्सा चार्ज गर्ने क्रममा दुबै जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, राजविराजका प्रहरी निरीक्षक उदयकुमार राईले जानकारी दिए ।
मृतकको शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएको र घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












