ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजगढ घट्ना : चार बुँदे माग २४ घण्टाभित्र पूरा गर्न अल्टिमेटम

राजगढ घट्ना : चार बुँदे माग २४ घण्टाभित्र पूरा गर्न अल्टिमेटम

Loading

राजविराज । प्रहरीको गोली लागी लालु यादवको मृत्यु भएपछि राजगढ गाउँपालिकास्तरीय संघर्ष समिति गठन भएको छ ।

दिपेन्द्र यादवको संयोजकत्वमा संघर्ष समिति गठन भएको छ । संघर्ष समितिले बुधबार साँझ प्रमुख जिल्ला अधिकारीलाई चार बुँदे माग राखेर ज्ञापन पत्र बुझाएको छ ।

लालुलाई गोली प्रहार गर्ने प्रहरी निरीक्षक (इन्सपेक्टर) बिरेन्द्र कुमार यादवलाई निलम्बन गरी कर्तव्य ज्यान मुद्दा दर्ता गर्न र एसपीलाई अबिलम्ब विभागीय कार्वाही गर्न माग ज्ञापनमा गरिएको छ ।

लालु यादवको हत्याको गम्भीर उच्चस्तरीय छानबिन समिति गठन गर्न, यादवलाई शहीद घोषणा गर्दै परिवारलाई क्षतिपूर्ती उपलब्ध गराउन र सीमा क्षेत्रमा प्रहरी आतंक बन्द गरी शान्ति सुरक्षाका लागि प्रशासनद्वारा नियमित निगरानी गर्न माग गरिएको छ ।

२४ घण्टाभित्र माग पूरा नभए थप आन्दोलन घोषणा गरिने ज्ञापनमा चेतावनी दिइएको संघर्ष समितिका संयोजक यादवले इग्रीन मधेशसँग बताए ।

नेपालबाट भारततर्फ मदिरा तस्करी भइरहेको भन्दै मंगलबार राति पुगेको प्रहरी टोलीले लालुमाथि गोली प्रहार गरेका थिए । गोली प्रहारबाट घाइते भएका उनको उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको थियो ।

प्रहरीले मदिरा नियन्त्रणमा लिन जाँदा स्थानीयले ढुँगामुडा गरेपछि गोली चलाउनुपरेको बताएको छ भने मृतकका परिवारले नियन्त्रणमा लिई गोली चलाएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
3
+1
1
+1
1
+1
1
+1
3
+1
1

Related

Previous Post

लालुको हत्या गरिएको भन्दै प्रधानमन्त्रीलाई पठाइयो ज्ञापन

Next Post

प्रहरीको गोलीबाट मृत्यु भएका लालुको शव बुझ्ने, आन्दोलन फिर्ता

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
प्रहरीको गोलीबाट मृत्यु भएका लालुको शव बुझ्ने, आन्दोलन फिर्ता

प्रहरीको गोलीबाट मृत्यु भएका लालुको शव बुझ्ने, आन्दोलन फिर्ता

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

सप्तरी : पानी पटाउने क्रममा करेन्ट लागेर किसानको मृत्यु

सप्तरी : धान खेत र बाँसघारीबाट ठूलो मात्रामा गाँजा बरामद

सप्तरी : धान खेत र बाँसघारीबाट ठूलो मात्रामा गाँजा बरामद

भाउजूको मृत्यु लगत्तै देवरकाे पनि मृत्यु

राजविराजमा भाईको बञ्चरो प्रहारबाट दाजुको मृत्यु

बसले ठक्कर दिएर लडेका वृद्धकाे घिसारेर लियो ज्यान

बसले ठक्कर दिएर लडेका वृद्धकाे घिसारेर लियो ज्यान

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.