![]()
राजविराज । सप्तरी उद्योग बाणिज्य संघले मदिरा व्यवसायी लालु प्रसाद यादवको हत्या भएको भन्दै हत्यारालाई कार्वाही गर्न माग गरेको छ ।
संघले बुधबार प्रधानमन्त्रीलाई ज्ञापन पठाउँदै यस्तो माग गरेको हो । प्रमुख जिल्ला अधिकारी भोला दाहाल मार्फत् पठाइएको ज्ञापनमा घट्नाको छानबिन गरी दोषी उपर कडा कार्वाहीको माग गरिएको छ ।
दोषीहरुलाई कानुनको दायरामा ल्याएर कार्वाही नगरिए थप आन्दोलन गर्न बाध्य हुने चेतावनी ज्ञापनमा दिइएको छ ।
राष्ट्रको सेवामा व्यापार व्यवसाय संचालन गरी रोजगारी सृजना गर्दै अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको व्यवसायीलाई प्रहरी प्रशासनद्वारा बिभिन्न यातनाहरु दिदैं आएको समेत ज्ञापनमा उल्लेख गरिएको छ ।












