![]()
महेन्द्र सदा
पातो । सप्तरीबाट ठूलो परिमाणको लागूऔषध गाँजा बरामद भएको छ ।
जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ५ पातोको महादेवा टोलमा गाँजा बरामद भएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । नहर छेउमा रहेको धान खेत एवं बाँसघारीमा छरिएर रहेको अवस्थामा गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
१७ वटा बोकामा रहेको गाँजा ३९६किलो रहेको बताइएको छ ।
गस्तीमा रहेको नेपाल तथा सशस्त्र प्रहरीको टोलीले गाँजा बरामद गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
1












