ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, October 9, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीलाई कतिपयले खत्तम जिल्ला भने, तर आफूले त अपार माया पाएँ–सीडीओ दाहाल


सप्तरीलाई कतिपयले खत्तम जिल्ला भने, तर आफूले त अपार माया पाएँ–सीडीओ दाहाल

Loading

राजविराज । विदाई भएर जान लागेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोला दाहालले सप्तरीमा आफूले अपार माया पाएको बताएका छन् ।

विदाई भएर जाने क्रममा शुक्रबार संचारकर्मीसँग कुराकानी गर्दै दाहालले यस्तो बताएका हुन् । उनले काम गर्ने सिलसिलामा आफूलाई सबैले सहयोग गरेको बताए । राजनीतिक दल, संचारकर्मी, पालिका प्रमुख सबैले समन्वयकारी भूमिका निर्वाह गरेकै कारण काम गर्न आफूलाई सहज भएको बताए ।

‘गोरखाबाट सरुवा भएर सप्तरी आउन लाग्दा कतिपयले यस्तो खत्तम जिल्ला नजानुस भन्ने सुझाव दिए’ उनले भने, ‘तर ती व्यक्तिहरुले गलत भनेका रहेछन् । यहाँ अत्यधिक माया र प्रेम पाएको छु ।’

उनले सप्तरीलाई बिना कारण बदनाम गर्ने गरिएको बताउँदै जिल्लामा आफूले आफ्नो घर परिवारजस्तै महसुस गरेको बताए ।

सप्तरी जिल्ला आफ्नो लागि तालिमस्थल समेत भएको बताउँदै उनले यहाँ धेरै अनुभव बटुलेको बताए । ‘यहाँको अनुभवले म अब जुनसुकै जिल्लामा गएर काम गर्न सक्ने क्षमता बनाएको छु’ उनले भने ।

सप्तरीमा काम गर्दा आफूले कुनै पनि नाजायज फाइदा नउठाएको उनले बताए । ‘काम गर्ने सवालमा होस् या अन्य सवालमा कसैसँग कुनै किसिमको फाइदा लिएको छैन’ उनले भने, ‘मेरो नाम लिएर अन्य कसैले लिएको भए त्यो उसैले जानुन् ।’

दाहालले आफूलाई कुनै पाटर्तीप्रति आस्था भएपनि काम गरिरहँदा कुनै पनि दलसँग त्यस्तो व्यबहार समेत नगरेको बताए ।

दाहाल सप्तरीमा झण्डै साढे ९ महिना काम गरेका छन् । उनको दोलखा जिल्ला सरुवा भएको छ ।

उनलाई बिभिन्न राजनीतिक दलका नेता, पालिका प्रमुख, बिभिन्न संघ–संस्थाका प्रतिनिधीले सम्मान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

भगत मृत फेला परेपछि राइस मिलद्वारा दु:ख व्यक्त 

Next Post

शिक्षा विधेयकप्रति बिरोध जनाउँदै सप्तरीमा बस रयाली

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
शिक्षा विधेयकप्रति बिरोध जनाउँदै सप्तरीमा बस रयाली

शिक्षा विधेयकप्रति बिरोध जनाउँदै सप्तरीमा बस रयाली

कारागारका महिला कैदीबन्दीलाई तीज सामग्री प्रदान

कारागारका महिला कैदीबन्दीलाई तीज सामग्री प्रदान

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

सिटी रिक्साको ठक्करले मामा घर आएका बालकको मृत्यु 

अन्तर्राष्ट्रिय देव महासम्मेलनको तयारी तीब्र

अन्तर्राष्ट्रिय देव महासम्मेलनको तयारी तीब्र

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

मापसे गरेर नुहाउन गएकाको डुबेर गयो ज्यान

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.