![]()
राजविराज । सप्तरीमा ई सिटी रिक्साको ठक्करले मामाघर आएका एक बालकको ज्यान गएको छ ।
जिल्लाको बोदेबर्साइन नगरपालिका-७ स्थित बोदेबर्साईन देउरी भित्रि सडक खण्डमा देउरीबाट बोदेबर्साईनतर्फ आउँदै गरेको अन टेस्ट ई-रिक्साले ठक्कर दिदा ती बालकको ज्यान गएको हो ।
मृत्यु हुनेमा भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्ला ग्राम पंचायत निन्दरपुर निवासी राजकुमार सदायको छोरा अन्दाजी बर्ष ५ को आरजे सदाय छन ।
बाटो क्रस गर्ने क्रममा ठक्कर दिदा घाइते भएका बालकलाई उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा ल्याएकोमा चिकित्सकले इसीजी गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मृतकको शवलाई पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
ठक्कर दिने ई-रिक्सा र चालक बोदेबर्साईन नगरपालिका १० श्रीपुर बस्ने बर्ष १७ का राकेश कुमार मण्डललाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।












