ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजबिराज जेसीजद्वारा महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल


राजबिराज जेसीजद्वारा महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल

Loading

राजबिराज ।

११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा “आजको समयमा महिलाको भूमिका” विषयक अन्तरक्रिया तथा प्यानल छलफल कार्यक्रम राजबिराज जेसीजको आयोजनामा सम्पन्न भएको छ। कार्यक्रम राजबिराजस्थित जेसीज भवनमा सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथि तथा प्यानल सदस्य मन्जु श्रेष्ठले महिलाको सहभागिता बिना समाजको समग्र विकास सम्भव नहुने बताउँदै महिलालाई शिक्षा, सीप र अवसरको पहुँच सुनिश्चित गर्न आवश्यक रहेको बताउनुभयो। महिलाले आफ्नो अधिकारप्रति सचेत हुँदै नेतृत्वदायी भूमिकामा अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।

अतिथि तथा प्यानल सदस्य अधिवक्ता मनु खनालले महिलाका अधिकार संरक्षणका लागि कानुनी सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो। पत्रकार अम्बिका दाहालले सञ्चारमाध्यमले महिलाको सकारात्मक योगदान र सफलताका कथालाई प्राथमिकताका साथ उजागर गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। अधिकारकर्मी अनिता देवकोटाले समाजमा अझै देखिने लैङ्गिक विभेद अन्त्य गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो। राजबिराज जेसीजकी पूर्व अध्यक्ष नानी मैया कटवालले महिलालाई सामाजिक तथा नेतृत्वदायी भूमिकामा सक्रिय हुन प्रेरित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

कार्यक्रम राजबिराज जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी रवी कुमार रायको अध्यक्षतामा सम्पन्न भएको थियो। अध्यक्ष रायले महिला सशक्तिकरण समाज विकासको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूले महिलाको भूमिका, अवसर तथा चुनौतीबारे सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रम संयोजक जेसी मधु राय रहनु भएको थियो भने कार्यक्रम सञ्चालन जेसी रन्जना चौधरीले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका बुद्धिजीवी, पत्रकार, समाजसेवी, विद्यार्थी तथा स्थानीय महिलाको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको अन्त्यमा समाजमा योगदान पुर्‍याएका महिलाहरूलाई सम्मान समेत गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

प्रदेश सभा र मेयरमा पराजित, प्रतिनिधी सभा सदस्य पदमा निर्वाचित

Next Post

भतिजाले जित्दा काका चौथो नम्बरमा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
भतिजाले जित्दा काका चौथो नम्बरमा

भतिजाले जित्दा काका चौथो नम्बरमा

सप्तरीमा कांग्रेस र एमालेका जिल्ला अध्यक्ष नै पराजित

कांग्रेस सप्तरीका सभापति रामदेव साह, जसलाई फापेन चुनाव

संघीयतासँग नखेल्न जन अधिकार पार्टीको आग्रह

संघीयतासँग नखेल्न जन अधिकार पार्टीको आग्रह

रम्पुरा मल्हनियाँमा बाल क्लब गठन

रम्पुरा मल्हनियाँमा बाल क्लब गठन

एक सातापछि सुचारु भयो हनुमाननगर कंकालिनी नगरपालिकाको कामकाज

हनुमाननगर कंकालिनी नगरपालिकामा आज शोक विदा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.