ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, October 8, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

बर्तमान अवस्थामा लामखुट्टेविरुद्धको किटनाशक औषधि छर्किन मिल्दैन : नगरपालिका


बर्तमान अवस्थामा लामखुट्टेविरुद्धको किटनाशक औषधि छर्किन मिल्दैन : नगरपालिका

Loading

राजविराज । राजविराज नगरपालिकाले बर्तमान अवस्थामा लामखुट्टेविरुद्धको किटनाशक औषधि छर्किन नमिल्ने बताएको छ ।

लामखुट्टेको प्रकोप बढिरहँदा किटनाशक औषधि खरीद गरेर पनि छर्किने काम नगरेको भन्दै आलोचना भएपछि नगरपालिकाले आफ्‌नो धारणा बाहिर ल्याएको छ ।

नगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गर्दै बर्तमान अवस्थामा यो औषधि छर्किन नमिल्ने बताएको हो । पत्रकार सम्मेलनमा नगरपालिकाका स्वास्थ्य शाखा संयोजक कामेश्वर यादवले कार्यविधी अनुसार बर्तमान अवस्थामा छर्किन नमिल्ने बताए ।

‘यो औषधि छर्किनका लागि मलेरिया, कालाजार र डेंगुको प्रकोप देखिनुपर्छ’ उनले भने, ‘अन्यथा छर्किन मिल्दैन् ।’

अन्तरंग अवशिष्ट विषादी छिडकाउ सम्बन्धी कार्यविधी २०८१ ले यो कुरा स्पष्ट पारेको उनले बताए । यो कार्यविधीले डेंगी, औंलो, कालाजार रोकथाम र नियन्त्रणका लागि लामखुट्टेको प्रजनन स्थल तथा लार्भा/प्यूपा खोज र नष्ट गर्ने कार्यविधीमा व्यवस्था भए बमोजिम एवं आवश्यक वातावरणीय सरसफाई तथा फोहोरमैला व्यवस्थापन गरी लामखुट्टे नियन्त्रण गर्ने व्यवस्था रहेको उनको भनाई छ ।

पत्रकार सम्मेलनमा नगरपालिकाका कावा प्रमुख इसरत परबिनले लामखुट्टेका कारण कुनै महामारी नफैलिँदासम्म औषधि छर्किन नमिल्ने सम्बन्धित निकायले सल्लाह दिएको बताइन् ।

‘यस विषयमा हामीले जिल्ला स्वास्थ्य कार्यालयसँग सल्लाह माग्यौं, स्वास्थ्य कार्यालयले मन्त्रालयसँग सल्लाह मागेको छ’ परबिनले भनिन्, ‘त्यहीं अनुरुप हामी नछर्किने निष्कर्षमा पुगेका हौं ।’

उनले लामखुट्टेविरुद्धको औषधिले वातावरणीय प्रभाव पार्दै मानवको स्वास्थ्यमा समेत असर पार्ने गरेको स्वास्थ्य मन्त्रालयले बताएको उल्लेख गरिन् । ‘तत्काल अहिले यो औषधि छर्किदा अन्य झमेलाहरु पनि आउन सक्छ’ उनले भनिन, ‘त्यहीं भएर यो काम गर्न सकिन्नँ ।’

‘अनि नछर्किने हो भने त्यत्रो लगानी गरेर किन खरीद गरेको ?’ भन्ने पत्रकारको जिज्ञासामा उनले भनिन्, ‘महामारी फैलिएपछि प्रकृयामा जानुभन्दा किनेर राखिदिँदा राम्रो भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

लामखुट्टेविरुद्धको औषधि छर्किनका लागि पहल गरिदिन युवाहरुले गुहारे सीडीओ

Next Post

यौनधन्दा चलाएको आरोपमा सप्तरीका चार जना युवक सिरहाबाट समातिए

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
यौनधन्दा चलाएको आरोपमा सप्तरीका चार जना युवक सिरहाबाट समातिए

यौनधन्दा चलाएको आरोपमा सप्तरीका चार जना युवक सिरहाबाट समातिए

सप्तरीका तीन सांसदले मैथिलीमा शपथ लिँदा एकले थारुमा लिने

सप्तरीका तीन सांसदले मैथिलीमा शपथ लिँदा एकले थारुमा लिने

सप्तरी प्रहरीले दियो डीजे बजाउनेलाई कार्वाहीको चेतावनी

सप्तरीको सुरुङाबाट वेपत्ता पारिएकी बालिका भेटिइन, सेफ हाउसमा सुरक्षित

सप्तरीका पालिकाहरुमा दमकल उपलब्ध गराउन प्रदेश सरकारलाई सिफारिस गरिने

सप्तरीका पालिकाहरुमा दमकल उपलब्ध गराउन प्रदेश सरकारलाई सिफारिस गरिने

अस्पतालमा कुनै समस्या देखिए लगत्तैै राजनीतिक दलले समस्या समाधान गर्ने 

गजेन्द्रनारायण सिंह अस्पतालमा दरबन्दी भएका पाँच चिकित्सकलाई फर्काउने स्वास्थ्य मन्त्रालयको निर्णय

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.