ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

लामखुट्टेविरुद्धको औषधि छर्किनका लागि पहल गरिदिन युवाहरुले गुहारे सीडीओ

किटनाशक औषधिसहितका उपकरण खरीद गरेपनि राजविराज नगरपालिकाले छर्किन नचाहेको भन्दै युवाहरुले यसका लागि पहल गरिदिन प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललाई ज्ञापन बुझाएका हुन् ।

लामखुट्टेविरुद्धको औषधि छर्किनका लागि पहल गरिदिन युवाहरुले गुहारे सीडीओ

Loading

राजविराज । राजविराज बजार क्षेत्रभित्र लामखुट्टेविरुद्धको औषधि छर्किनका लागि पहल गरिदिन युवाहरुले प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई ज्ञापन पत्र बुझाएका छन् ।
किटनाशक औषधिसहितका उपकरण खरीद गरेपनि राजविराज नगरपालिकाले छर्किन नचाहेको भन्दै युवाहरुले यसका लागि पहल गरिदिन प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललाई ज्ञापन बुझाएका हुन् ।
‘कानुनले स्पष्ट रूपमा स्थानीय तहलाई जिम्मेवारी तोकेको अवस्थामा पनि लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने कार्य नगरेको, यो कार्यमा ढिलाइ हुनुका वास्तविक कारणहरू के हुन ? र वर्तमान गम्भीर अवस्थालाई ध्यानमा राख्दै तत्काल प्रभावकारी नियन्त्रणका लागि के कस्ता ठोस कदमहरू चालिनेछन् भन्ने विषयमा राजविराज नगरपालिकाबाट स्पष्ट, लिखित र तथ्यपरक स्पष्टीकरण उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछौं’ बुझाइएको ज्ञापन पत्रमा भनिएको छ ।
सरसफाईलाई स्थानीय तहको एकल अधिकारभित्र स्पष्ट रूपमा समेटेको र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ उपदफा ४(ख) १२ अनुसार “जुनेटिक र कीटजन्य रोगको नियन्त्रण तया व्यवस्थापन सम्बन्धी कार्य स्थानीय तहको प्रत्यक्ष जिम्मेवारी भएको ज्ञापनमा उल्लेख गरिएको छ । ‘यस्ता स्पष्ट संवैधानिक तथा कानुनी प्रावधान रहेको हुँदा पनि राजविराज नगरपालिका क्षेत्रभित्र लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने कार्य हालसम्म प्रभावकारी रूपमा सञ्चालन नगरिएकोले सर्वसाधारण नागरिकहरू डेंगु, मलेरिया लगायतका गम्भीर रोगको जोखिममा परिरहेका छन्‌’ ज्ञापनमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजबिराज जेसीजलाई पुनः राष्ट्रिय स्तरमा सम्मान

Next Post

बर्तमान अवस्थामा लामखुट्टेविरुद्धको किटनाशक औषधि छर्किन मिल्दैन : नगरपालिका

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
बर्तमान अवस्थामा लामखुट्टेविरुद्धको किटनाशक औषधि छर्किन मिल्दैन : नगरपालिका

बर्तमान अवस्थामा लामखुट्टेविरुद्धको किटनाशक औषधि छर्किन मिल्दैन : नगरपालिका

यौनधन्दा चलाएको आरोपमा सप्तरीका चार जना युवक सिरहाबाट समातिए

यौनधन्दा चलाएको आरोपमा सप्तरीका चार जना युवक सिरहाबाट समातिए

सप्तरीका तीन सांसदले मैथिलीमा शपथ लिँदा एकले थारुमा लिने

सप्तरीका तीन सांसदले मैथिलीमा शपथ लिँदा एकले थारुमा लिने

सप्तरी प्रहरीले दियो डीजे बजाउनेलाई कार्वाहीको चेतावनी

सप्तरीको सुरुङाबाट वेपत्ता पारिएकी बालिका भेटिइन, सेफ हाउसमा सुरक्षित

सप्तरीका पालिकाहरुमा दमकल उपलब्ध गराउन प्रदेश सरकारलाई सिफारिस गरिने

सप्तरीका पालिकाहरुमा दमकल उपलब्ध गराउन प्रदेश सरकारलाई सिफारिस गरिने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.