ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, October 8, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

यौनधन्दा चलाएको आरोपमा सप्तरीका चार जना युवक सिरहाबाट समातिए


यौनधन्दा चलाएको आरोपमा सप्तरीका चार जना युवक सिरहाबाट समातिए

Loading

राजविराज । यौनधन्दा चलाएको आरोपमा सप्तरीका चार जना युवक सिरहाबाट समातिएका छन् ।

जिल्लाको लहान तथा धनगढीमाई स्थित होटेलहरुबाट उनीहरुसहित आठ जना पक्राउ परेका छन् ।

लहान नगरपालिका वडा नम्बर ३ अस्पताल चोकस्थित अनलाइन होटल एण्ड लजबाट सप्तरीका तीन युवक समातिएका छन् । पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका ९ टिकुलियाका २१ बर्षीय अशोक कुमार चौधरी, २० वर्षीय नितिक कुमार चौधरी र १९ बर्षीय आकाश चौधरी छन् ।

यी तीनै जनासँग मिलेर होटल सञ्चालिका ४० बर्षीया अर्चनाकुमारी चौधरीले चार जना महिलालाई होटलमा बोलाएर यौनधन्दामा लगाएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले होटेल संचालिका अर्चनाकुमारी समेतलाई पक्राउ गरी सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

यस्तै, धनगढीमाई नगरपालिका वडा नम्बर ११ स्थित खुश्बु होटल एण्ड लजबाट सप्तरीका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बलान बिहुल गाउँपालिका वडा नम्बर ६ का ३८ बर्षीय शिवकुमार यादव छन् । होटेलका सञ्चालक ३४ वर्षीय गुज्जेश्वर साहले दुई जना महिलालाई होटलमा बोलाई यादवसँग मिलेर जबरजस्ती यौनधन्दा गराएको प्रहरीको भनाई छ । पक्राउ परेकाहरुलाई सात दिनको म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान गरिरहेको सिरहा प्रहरीका प्रवक्ता एवं डीएसपी रमेश बहादुर पालले जानकारी दिए ।

पालका अनुसार लहान नगरपालिका वडा नम्बर ८ बाट महिलालाई बोलाएर यौनधन्दामा लगाएको आरोपमा एक दम्पति समेत पक्राउ परेका छन् । पक्राउ पर्नेमा दिलीप साह र उनकी पत्नी सुनिता साह छन् । यी दम्पतिले तीन जना महिलालाई फोन सम्पर्क गरी आफ्नै घरमा बोलाएर आर्थिक प्रलोभनमा पारी यौनधन्दामा लगाएको पाइएको डीएसपी पालले बताए ।

उनीहरूलाई जिल्ला अदालत सिरहाबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

बर्तमान अवस्थामा लामखुट्टेविरुद्धको किटनाशक औषधि छर्किन मिल्दैन : नगरपालिका

Next Post

सप्तरीका तीन सांसदले मैथिलीमा शपथ लिँदा एकले थारुमा लिने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीका तीन सांसदले मैथिलीमा शपथ लिँदा एकले थारुमा लिने

सप्तरीका तीन सांसदले मैथिलीमा शपथ लिँदा एकले थारुमा लिने

सप्तरी प्रहरीले दियो डीजे बजाउनेलाई कार्वाहीको चेतावनी

सप्तरीको सुरुङाबाट वेपत्ता पारिएकी बालिका भेटिइन, सेफ हाउसमा सुरक्षित

सप्तरीका पालिकाहरुमा दमकल उपलब्ध गराउन प्रदेश सरकारलाई सिफारिस गरिने

सप्तरीका पालिकाहरुमा दमकल उपलब्ध गराउन प्रदेश सरकारलाई सिफारिस गरिने

अस्पतालमा कुनै समस्या देखिए लगत्तैै राजनीतिक दलले समस्या समाधान गर्ने 

गजेन्द्रनारायण सिंह अस्पतालमा दरबन्दी भएका पाँच चिकित्सकलाई फर्काउने स्वास्थ्य मन्त्रालयको निर्णय

उच्च अदालत राजविराजमा फुल बेन्चको स्थापना गरिनुपर्नेमा जोड्

उच्च अदालत राजविराजमा फुल बेन्चको स्थापना गरिनुपर्नेमा जोड्

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.