ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, August 22, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

उच्च अदालत राजविराजमा फुल बेन्चको स्थापना गरिनुपर्नेमा जोड्


उच्च अदालत राजविराजमा फुल बेन्चको स्थापना गरिनुपर्नेमा जोड्

Loading

राजविराज । उच्च अदालत जनकपुर, राजविराज इजलासमा फुल बेन्चको स्थापना हुनुपर्नेमा जोड् दिइएको छ ।

राजविराज उच्च अदालत बार एशोसिएशनको बुधबार आयोजित साधारण सभाको उद्घाटन सत्रमा वरिष्ठ अधिबक्ताहरुले यस्तो बताएका हुन् ।

जिल्ला अदालतबाट फैसला हुने अन्तिम मुद्दाहरूमा उच्च अदालत जनकपुर राजविराज इजलासमा मुद्दा दोह्रोयाइ पाउने र फुल बेन्चको आवश्यकता भएको उनीहरुले बताए । सप्तरीका वरिष्ठ अधिवक्ताहरू भानुभक्त निरौला र कृष्णानन्द देवसहितका वरिष्ठ अधिवक्ताले यस्तो बताए ।

उच्च अदालतमा तत्काल यो व्यवस्थाका लागि पहल गर्न उनीहरुले न्यायाधीशहरुसँग आग्रह गरे ।

कार्यक्रममा बोल्दै उच्च अदालत जनकपुर राजविराज इजलासका वरिष्ठतम् न्यायाधीश सुभाष पौडेलले बारले उठाएको सबै समस्याको बिषयमा गम्भीर भएर समाधान गर्दै आएको बताए । उनले भने, ‘बार र बेन्च एक अर्काका पुरक भएकोले एक अर्काको भावना बुझेर कार्यसम्पादन गर्नु जरुरी छ ।’

फरक प्रसंगमा बोल्दै गल्ती गर्ने जोकोही पनि कानुनबाट उन्मुक्ति नपाउने बताए ।

पौडेलले कानुन विपरीत काम गरेमा, अनुचित लाभ लिने काम गरेको प्रमाण सहित आएमा दोषीलाई कार्वाही हुने बताए ।

उनले यसो गर्न सकिए न्याय सम्पादन अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

राजविराज उच्च अदालत बार एशोसिएसनका अध्यक्ष हरेराम यादवले कानुन व्यबसायीको पेशा विश्वको सबैभन्दा जटिल र कठिन भएको बताए । उनले भने, ‘यो पेशा जटिल र कठिन भएपनि मिहिनेत गरेमा यो पेशा जस्तो आनन्द अन्य कुनैपनि पेशामा नरहेको बताए । अदालतको न्याय सम्पादनलाई प्रभावित गर्न लागेको विचौलियालाई जरैबाट उखेल्न न्यायाधीशहरूले महत्वपूर्ण भूमिका खेल्नुपर्ने उनले बताए । न्यायाधीश बलियो भए विचौलियाले केही गर्न नसक्ने उनले बताए ।

राजविराज उच्च अदालत बार एशोसिएसनका अध्यक्ष हरेराम यादवको अध्यक्षतामा आयोजित साधारणसभामा उच्च अदालतका न्यायाधीश राम बहादुर थापा, सप्तरी जिल्ला अदालतका मुख्य न्यायाधीश किशोर घिमिरे, वरिष्ठ अधिवक्ता इन्द्रदेव सिंह, कृष्णानन्द देव, शिव कुमार चौधरी, सुजित कुमार पोखरेल, भानुभक्त निरौला, देवनारायण यादव, रामजी साह, जयकुमार गोइत, डा. देवनारायण यादव, राजविराज उच्च बारका पूर्व अध्यक्षहरू श्यामनारायण साह, हेमनारायण चौधरी, रमानन्द साह, भरत यादव, विजय कुमार यादव, बौधकृष्ण भगत, महेन्द्र चौधरी, अधिवक्ता पुण्यप्रसाद यादव, सुधा देव शर्मिला रेग्मी, मो समिम अख्तर, नेपाल पत्रकार महासंघका अध्यक्ष श्रवण कुमार देव लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा उच्च अदालत वार एशोसिएसन राजविराजले प्रकाशन गरेको कानून व्यावसायी चरित्र डाइरेक्टरीको विमोचन समेत गरिएको थियोे । कार्यक्रममा पीएचडी गरेका अधिवक्ताद्वय राम खेलाबन यादव र महिनारायण चौधरीलाई सम्मान पत्र सहित सम्मानित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

गजेन्द्रनारायण सिंह अस्पतालमा दरबन्दी भएका पाँच चिकित्सकलाई फर्काउने स्वास्थ्य मन्त्रालयको निर्णय

Next Post

समयावधी नै नपुगी कर्मचारीको सरुवा तथा काजमा पठाइने कार्य बन्द गर्न माग

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
समयावधी नै नपुगी कर्मचारीको सरुवा तथा काजमा पठाइने कार्य बन्द गर्न माग

समयावधी नै नपुगी कर्मचारीको सरुवा तथा काजमा पठाइने कार्य बन्द गर्न माग

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

विभिन्न लागूऔषधसहित समातिए सरकारी कर्मचारी 

अदालतको आदेश विपरीत घर भत्काइदिएको आरोप 

अदालतको आदेश विपरीत घर भत्काइदिएको आरोप 

भारदहबाट विद्युत प्राधिकरण कंचनपुरका प्रमुख घूससहित पक्राउ

भारदहबाट विद्युत प्राधिकरण कंचनपुरका प्रमुख घूससहित पक्राउ

सप्तरीका दुई सांसदले जिल्लाको समस्याबारे संसदमा गराए सरकारको ध्यानाकर्षण

सप्तरीका दुई सांसदले जिल्लाको समस्याबारे संसदमा गराए सरकारको ध्यानाकर्षण

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.