ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

रबी लामिछानेले संचार क्षेत्रप्रति लक्षित गरेर दिएको अभिव्यक्तिको चौतर्फी बिरोध


लामिछानेको गयाे संसद र मन्त्री पद

Loading

मधेश सम्वाददाता
राजविराज, २२ माघ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेले नेपाली सञ्चार क्षेत्रप्रति लक्षित गर्दै दिएको अभिव्यक्तिबिरुद्ध पत्रकारसँग सम्बन्धित संघ, संगठनले आपत्ति जनाएको छ ।
नेपाल पत्रकार महासंघले आधारहीन र पूर्वाग्रही आरोप लगाउँदै लामिछानेले धम्किपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको जनाएको छ ।
लामिछानेले पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महासंघले संसदको चौथो ठूलो दलका अध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्रीसमेत रहिसकेको व्यक्तिले सञ्चारक्षेत्रप्रति संयम गुमाएर अभिव्यक्ति दिनु समग्र सञ्चारक्षेत्रमाथिको प्रहार भएको जनाएको छ ।
महासंघका महासचिव रोशन पुरीले आईतबार बिज्ञप्ती जारी गर्दै सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक रूपमा धम्की दिइनुले नेपालका सञ्चार प्रतिष्ठान र सञ्चारकर्मी असुरक्षित हुनसक्ने तथ्यप्रति चिन्ता प्रकट गरेका छन् । ‘लामिछानेको अभिव्यक्तिले कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी स्वयम् अध्यक्ष लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीले लिनुपर्नेछ’ बिज्ञप्तीमा भनिएको छ, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र नागरिक अधिकार पक्षमा निरन्तर संघर्ष गरेको नेपाली प्रेस कुनै पनि दल वा व्यक्तिको धम्कीबाट विचलित हुने छैन ।
सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित सामग्रीप्रति चित्त नबुझे प्रचलित विधि र पद्धतिअनुसार अघि बढ्नसकिने प्रावधान हुँदाहुँदै धम्कीपूर्ण शैलीमा प्रस्तुत हुनु आपत्तिजनक र अशोभनीय कार्य भएको भन्दै महासंघले लामिछानेको धम्कीपूर्ण अभिव्यक्तिको कडा शब्दमा निन्दा गरेको छ ।
बिज्ञप्तीमा आफ्नो अभिव्यक्ति फिर्ता लिइ प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित पक्षसँग महासंघले जोडदार माग गरेको छ ।
यस्तै, नेपाल प्रेस युनियनले लामिछानेले आफ्ना कमी–कमजोरी ढाकछोप गर्न सञ्चार माध्यम, सञ्चारकर्मी र समग्र पत्रकारिता क्षेत्रलाई बद्नाम गर्ने ध्येयले प्रमाणहीन आरोप लगाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मिडियाले मुलुकमा भएका ठूला–ठूला भ्रष्टाचार, अनियमितता, बेथितिका घटना बाहिर ल्याएर सुशासन र नागरिक अधिकारको पक्षमा निरन्तर काम गर्दै आएको जनाउँदै पूर्व सञ्चारकर्मी लामिछानेले कुनै आधार र प्रमाणबिना सञ्चारमाध्यम, सम्पादक र समग्र पत्रकारितालाई बद्नाम गर्ने गरी दिएका अभिव्यक्ति खेदजन्य रहेको युनियनले विज्ञप्ती जारी गर्दै बताएका छन् ।
युनियनका महासचिव दिलिप पौडेलले आईतबार बिज्ञप्ती जारी गर्दै आम नागरिकबाट जनमत प्राप्त गरेर आएका एक राजनीतिकर्मीले दिएका अभिव्यक्ति अपरिपक्व र अराजनीतिक रहेको बताएका छन् ।
‘लामिछाने जो आफैं सञ्चारकर्मबाट जनताका मुद्दा उठाएर परिचित भएपछि मात्र यो स्थानमा पुगेका हुन् । सञ्चारकर्मबाटै राजनीतिक आधारभूमि तयार पारेका लामिछानेले पत्रकारितालाई दुस्मनकोे जस्तो व्यवहार गरेर मिडियालाई घेराउ गर्नेसम्मको अभिव्यक्ति दिनु अशोभनीय छ’ बिज्ञप्तीमा भनिएको छ, ‘एउटा परिपक्व राजनीतिकर्मीबाट यस्तो धम्कीपूर्ण भाषा प्रयोग हुने कल्पना समेत गर्न सकिँदैन । प्रमाणहीन आरोप लगाएर नेपाली सञ्चारमाध्यमको विश्वसनीयतामाथि प्रश्न उठाउने काम नगर्न युनियन आग्रह गर्दछ ।’
सञ्चार माध्यमले प्रकाशन गरेका सामग्रीको बारेमा चित्त नबुझे कानुनी उपचारमा जान सक्ने विकल्प हुँदाहुँदै सञ्चारमाध्यमकै मानमर्दन गर्नु निन्दनीय रहेको जनाउँदै बिज्ञप्तीमा मुलुकको नेतृत्व लिएर सुधार गर्ने प्रतिवद्धतासहित आएका राजनीतिकर्मी र सञ्चारमाध्यमलाई दोषारोपण गरेर आफू चोखिन खोज्नु साह्रै दुःखद पक्ष हो भनिएको छ ।
‘लामिछानेको नागरिकताको विषयमा सञ्चारमाध्यमले जनतासम्म सूचना पु¥याएकोमा आक्रोश पोखेको देखिन्छ’ बिज्ञप्तीमा भनिएको छ, ‘अदालतको फैसला अनुसार उनले गैरकानुनी रूपमा राखेको नागरिकता मात्रै नभएर समाजमा विद्यमान अन्य बेथिति, विसंगति, भ्रष्टाचार र अनियमितताको विषयमा नेपाली प्रेस अझै दृढ रूपमा प्रस्तुत हुने अठोट समेत व्यक्त गरेका छन् ।’
प्रेस युनियन विधिको शासन, लोकतन्त्र, प्रेस स्वतन्त्रता, व्यावसायिक पत्रकारितामाथि विश्वास राखेको भन्दै अपरिपक्व, गैरजिम्मेवार अभिव्यक्ति नदिन, जवाफदेही राजनीतिकर्मीको रूपमा आफ्ना विचार राख्न, पत्रकारिता क्षेत्रलाई सम्मान गर्न बिज्ञप्तीमा आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीका एसपी काफ्लेको सरुवा, कार्की आउने

Next Post

सप्तरी प्रहरीको सकृयता : फरार रहेका २२ जना प्रतिवादी एकै दिन पक्राउ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी प्रहरीको सकृयता : फरार रहेका २२ जना प्रतिवादी एकै दिन पक्राउ

शिक्षा मन्त्री महेशले गरे पदभार ग्रहण

शिक्षा मन्त्री महेशले गरे पदभार ग्रहण

युनेस्कोको प्रतिस्पर्धामा सामाचकेवाको भिडियो बनाएर मुखिया पुरस्कृत

युनेस्कोको प्रतिस्पर्धामा सामाचकेवाको भिडियो बनाएर मुखिया पुरस्कृत

छिन्नमस्ताका सुकुम्बासीलाई जग्गा दिइने

छिन्नमस्ताका सुकुम्बासीलाई जग्गा दिइने

नेवि संघ, सप्तरीको विस्तार

नेवि संघ, सप्तरीको विस्तार

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.