ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजकिशोर यादवसँग कुराकानी : झुठ बोलेर, जनतालाई गुमराहमा राखेर राजनीति गर्ने दिन गयो


राजकिशोर यादवसँग कुराकानी : झुठ बोलेर, जनतालाई गुमराहमा राखेर राजनीति गर्ने दिन गयो

Loading

टिक्न नसकेको छिन्न–भिन्न मधेश केन्द्रीत दललाई एकताको सूत्रमा बाँध्ने सूत्रधार हुन् राजकिशोर यादव । २३ फागुन २०७३ मा सप्तरीको मलेठमा भएको घट्नामा मारिएका ५ जना प्रहरीको गोली लागि मारिएका थिए । ती पाँचै जनाको १६ चैत २०७३ मा गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा श्रद्धाञ्जलीसभामाको आयोजना गरिएको थियो । कार्यक्रममा सबै मधेश केन्द्रीत दलका अध्यक्ष पुगेका थिए ।

तत्कालिन मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारी, संघीय सद्भावना पार्टीका अध्यक्ष अनिल झा, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महिन्द्र राय यादव कार्यक्रममा सहभागी भएका थिए । तत्कालिन मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पनि उक्त कार्यक्रममा सहभागी थिए । यो कार्यक्रममा राजकिशोर यादवले नै सबै दल एकीकरण हुनुपर्छ भन्ने प्रस्ताव राख्दा सबै नेता एकमत हुँदै ७ बैशाख २०७४ मा काठमाडौंमा राजपा बनाएका थिए । त्यस बेला उपेन्द्र यादव नेतृत्वको दल यसमा सहभागी भएन् ।

तर, तत्कालिन राजपा र उपेन्द्र नेतृत्वको पार्टीबीच १० बैशाख २०७७ मा एकीकरण भएर नयाँ पार्टी जसपा बन्यो । यद्यपी यो पार्टी धेरै दिन टिक्न सकेन, अहिले पूर्व राजपाका धेरै नेता अलग भएर छुट्टै लोसपा बनाएका छन् । लोसपा बन्दा राजकिशोरसहित पूर्व राजपाका नेताहरु मृगेन्द्र सिंह यादव, नवलकिशोर साह, रामनरेश रायसहितका नेता उपेन्द्र नेतृत्वको जसपातिरै लागे ।

मधेशी शक्ति जसपाबाट लोसपा बनेसँगै छिन्न–भिन्न अवस्थामा पुगिसकेको छ । यो प्रकृयाले मधेशका शक्तिहरु कमजोर भइसकेको र पुनः एक हुनुपर्ने आवश्यक्ता रहेको बताउँछन् प्रतिनिधी सभा सदस्य समेत रहेका राजकिशोर ।

‘इतिहासमै यत्रो आन्दोलन र क्रान्तिपछि मधेश कमजोर अवस्थामा छ’ इ ग्रीन मधेशसँग कुरा गर्दै उनी भन्छन्, ‘जसरी नेतृत्वबीच सामूहिकता हुनुप¥थ्यो, सामन्जस्यता हुनुप¥थ्यो त्यो देखिएन् । जसका कारण मधेशका शक्तिहरु कमजोर भइसकेको अवस्था छ ।

यादव यसको लाभ केन्द्रमा बस्ने राज्य शक्तिका संचालक या तथाकथित पार्टीहरुले उठाइरहेको उनी बताउँछन् । लाभ लिदैं उनीहरु मधेशको अन्तरबिरोधमा खेलिरहेको यादवको आरोप छ । ‘त्यसैले पुनः मधेशका सम्पूर्ण न्यायमाथि आधारित, आर्थिक, राजनीतिक, सामाजिक व्यवस्था चाहनेहरुलाई एकजुट हुनुपर्छ’ उनी भन्छन् ।

कुनै पनि समाजका नेतृत्वकर्ता मजबुत र सही नभएसम्म त्यो समाज कमजोर रहिरहने बताउँदै उनले मधेशमा हिजोसम्म अधिकारको आन्दोलन भएपनि अब सुशासन, बेथितीबिरुद्ध आन्दोलन गर्नुपर्ने आवश्यक्ता रहेको बताउँछन् । विगतमा विचार, सिद्धान्त, मूल्य, मान्यताभन्दा बढी अरु–अरु फ्याक्टरले बढी काम गर्दा मधेशको राजनीतिक राम्रोसँग ट्रयाकभन्दा बाहिर गएको बताउँछन् उनी ।

झुठ बोलेर, जनतालाई गुमराहमा राखेर राजनीति गर्ने दिन गयो

देशकै एंगलबाट मधेशलाई हेर्दा लामो समयदेखि विभेद खेपेको भन्दै उनी संविधान बनेपछि देशमा जुन किसिमले सुशासन या अधिकारको सदुपयोग हुनुप¥थ्यो, त्यो हुन नसकेको बताउँछन् उनी । ‘त्यहीं भएर मधेशमा अहिले पनि असन्तोष र निरासा रहेको उनी उल्लेख गर्छन् ।

उनी मधेशमा पनि कुनै दल या कुनै नेता हिजोको जस्तै झुठ बोलर जनतालाई गुमराहमा राखेर राजनीति गरिहाल्छु भन्ने अवस्था नभएको बताउँछन् । ‘अब सुशासनको सवालमा, डेलिभरीको सवालमा होस् अब गरेरै देखाउनुपर्छ । अब गफ मात्रै दिएर हुँदैन्’ उनी भन्छन्, ‘हिजोसम्म अरुलाई आरोप लगाएर म राम्रो छु भन्ने भाष्य निर्माण गरिन्थ्यो । त्यो अब चल्दैन् । योजना हुनुपर्छ, काम हुनुपर्छ, कार्यशैली राम्रो हुनुपर्छ ।’

मधेशका नेतृत्वकर्तालाई यथार्थको सामना गर्नुपर्ने, आफ्ना कमजोरीलाई रिफर्म गर्नुपर्ने, गल्ती करेक्सन गर्नुपर्ने बताउँछन् उनी । ‘६ महिना अगाडि बनेका पार्टी अहिले थ्रेट बने झैं यसो गर्न नसकिए समाज अघि बढिहाल्छ ।’

मधेशको समस्या बुझेर पुनः एक पटक सुशासन, बेथितीबिरुद्ध थीति बढाउन मूल्य मान्यताको राजनीति कसरी स्थापित हुन्छ त्यसका लागि काम गरेर देखाउनुपर्ने धारणा उनको छ ।

‘अर्काे कुरा, मधेशका नयाँ पुस्ता सुसज्जित भएर अध्ययन गरेर आउनुपर्छ । पुस्तान्तरणको हिसाबले नयाँ पुस्ता राजनीतिमा स्थान लिन पुरै तयारीको साथ आउनु जरुरी छ’ उनी भन्छन् ।

दलहरु जवाफ दिन तयार छैनन्

मधेश मात्र नभएर समग्र नेपाली राजनीतिमा आक्रोश व्याप्त रहेको बताउँछन् उनी ।

यसअघिका पुस्ताको आन्दोलनमा लगानी रहेपनि अहिलेका मतदाता वा मतदाता बन्न लागेकालाई विगतको बिषयमा जानकारी राख्ने फुर्सद नरहेको बताउँछन् उनी । ‘उनीहरुसँग त्यत्ति समय छैन कि विगतमा के भयो ?’ उसले शिक्षाको गुणस्तरीयता, स्वास्थ्यको सुविधा, रोडको अवस्था किन बिग्रेको, किन सुधार भएन भनेर दलहरुमा दोष लगाइरहेका छन् । तर दलहरु जवाफ दिन तयारी हुनुपर्नेमा देखिएको छैन् ।’

अहिलेको सबैभन्दा चुनौति पुरानो दलप्रति एक किसिमको आक्रोश रहेको बताउँदै उनी यहीं कारण २०८० देखि ८४ सम्मको समय नेपाल कहाँ जान्छ भन्ने महत्वपूर्ण बिषय भएको बताउँछन् ।

‘विगतको इतिहास पढाएर, विगतमा मैले यस्तो काम गरे भन्दै व्याज मिल्नुछ त्यसका लागि नेपाली समाज तयार छैन्’ उनी भन्छन्, ‘अब प्रतिबद्धता या योजनाबद्ध ढँगले हामीसँग यस्तो योजना र रोडम्याप छ । यो समाज र देशलाई यसरी लैजान चाहन्छु, भन्ने मात्रै अब सक्सेस हुन्छन् । त्यस कारण यो चार बर्ष सबै दल र सबै नेताको परीक्षाको समय हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

मिटरव्याज पीडितको आरोप : आफ्नै नेताहरु धनीको वरिपरी देखिन थाले

Next Post

तीन दिन नबित्दै सप्तरीमा अर्काे किसानको करेन्ट लागेर मृत्यु

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीमा करेन्ट लागेर एकको मृत्यु, दुई जना घाइते

तीन दिन नबित्दै सप्तरीमा अर्काे किसानको करेन्ट लागेर मृत्यु

सप्तरी प्रशासनले विदा दिन पनि तीन वटा सेवा प्रवाह गर्ने

सप्तरीमा मिटरव्याज सम्बन्धी ८१ वटा निवेदन टुँग्याइयो

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

हिलोमा २१ बर्षीय युवकको शव भेटियो, अर्का युवक घाइते फेला

धार्मिक स्थलमा अश्लील भिडियो बनाउने युवक पक्राउ, युवतीको खोजी हुँदै

धार्मिक स्थलमा अश्लील भिडियो बनाउने युवक पक्राउ, युवतीको खोजी हुँदै

राजविराज हटियाभित्र अतिक्रमण हटाउन चलाइयो डोजर (फोटो फिचर सहित) 

राजविराज हटियाभित्र अतिक्रमण हटाउन चलाइयो डोजर (फोटो फिचर सहित) 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.