राजविराज । सप्तरीमा अन्न उब्जाउने किसानको धमाधम मृत्यु हुन थालेको छ । तीन दिन नबित्दै अर्का किसानको करेन्ट लागेर ज्यान गएको छ ।
पछिल्लो पटक अग्निसाइर कृष्णासवरण गाउँपालिका ४ बनौली बस्ने २५ बर्षीय मुकेश कुमार यादवको करेन्ट लागेर ज्यान गएको छ । मोटर चलाएर खेतमा पानी हाल्ने क्रममा बुधबार राति उनलाई केन्ट लागेको प्रहरीले जनाएको छ ।
करेन्ट लागेका उनलाई तत्कालै उपचारका लागि राजविराज ल्याएपनि सोही क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस बर्ष बर्षा नहुँदा किसानले मोटरको प्रयोग गरी धानबालीमा पानी हालीरहेका छन् । मोटरकै प्रयोग गरेर धानबालीमा पानी हाल्ने क्रममा सोमबार राति मात्रै राजगढ गाउँपालिका वडा नम्बर ६ बस्ने ३५ बर्षीय उमेश मण्डलको करेन्ट लागेर मृत्यु भइसकेको छ ।