टिक्न नसकेको छिन्न–भिन्न मधेश केन्द्रीत दललाई एकताको सूत्रमा बाँध्ने सूत्रधार हुन् राजकिशोर यादव । २३ फागुन २०७३ मा सप्तरीको मलेठमा भएको घट्नामा मारिएका ५ जना प्रहरीको गोली लागि मारिएका थिए । ती पाँचै जनाको १६ चैत २०७३ मा गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा श्रद्धाञ्जलीसभामाको आयोजना गरिएको थियो । कार्यक्रममा सबै मधेश केन्द्रीत दलका अध्यक्ष पुगेका थिए ।
तत्कालिन मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारी, संघीय सद्भावना पार्टीका अध्यक्ष अनिल झा, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महिन्द्र राय यादव कार्यक्रममा सहभागी भएका थिए । तत्कालिन मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पनि उक्त कार्यक्रममा सहभागी थिए । यो कार्यक्रममा राजकिशोर यादवले नै सबै दल एकीकरण हुनुपर्छ भन्ने प्रस्ताव राख्दा सबै नेता एकमत हुँदै ७ बैशाख २०७४ मा काठमाडौंमा राजपा बनाएका थिए । त्यस बेला उपेन्द्र यादव नेतृत्वको दल यसमा सहभागी भएन् ।
तर, तत्कालिन राजपा र उपेन्द्र नेतृत्वको पार्टीबीच १० बैशाख २०७७ मा एकीकरण भएर नयाँ पार्टी जसपा बन्यो । यद्यपी यो पार्टी धेरै दिन टिक्न सकेन, अहिले पूर्व राजपाका धेरै नेता अलग भएर छुट्टै लोसपा बनाएका छन् । लोसपा बन्दा राजकिशोरसहित पूर्व राजपाका नेताहरु मृगेन्द्र सिंह यादव, नवलकिशोर साह, रामनरेश रायसहितका नेता उपेन्द्र नेतृत्वको जसपातिरै लागे ।
मधेशी शक्ति जसपाबाट लोसपा बनेसँगै छिन्न–भिन्न अवस्थामा पुगिसकेको छ । यो प्रकृयाले मधेशका शक्तिहरु कमजोर भइसकेको र पुनः एक हुनुपर्ने आवश्यक्ता रहेको बताउँछन् प्रतिनिधी सभा सदस्य समेत रहेका राजकिशोर ।
‘इतिहासमै यत्रो आन्दोलन र क्रान्तिपछि मधेश कमजोर अवस्थामा छ’ इ ग्रीन मधेशसँग कुरा गर्दै उनी भन्छन्, ‘जसरी नेतृत्वबीच सामूहिकता हुनुप¥थ्यो, सामन्जस्यता हुनुप¥थ्यो त्यो देखिएन् । जसका कारण मधेशका शक्तिहरु कमजोर भइसकेको अवस्था छ ।
यादव यसको लाभ केन्द्रमा बस्ने राज्य शक्तिका संचालक या तथाकथित पार्टीहरुले उठाइरहेको उनी बताउँछन् । लाभ लिदैं उनीहरु मधेशको अन्तरबिरोधमा खेलिरहेको यादवको आरोप छ । ‘त्यसैले पुनः मधेशका सम्पूर्ण न्यायमाथि आधारित, आर्थिक, राजनीतिक, सामाजिक व्यवस्था चाहनेहरुलाई एकजुट हुनुपर्छ’ उनी भन्छन् ।
कुनै पनि समाजका नेतृत्वकर्ता मजबुत र सही नभएसम्म त्यो समाज कमजोर रहिरहने बताउँदै उनले मधेशमा हिजोसम्म अधिकारको आन्दोलन भएपनि अब सुशासन, बेथितीबिरुद्ध आन्दोलन गर्नुपर्ने आवश्यक्ता रहेको बताउँछन् । विगतमा विचार, सिद्धान्त, मूल्य, मान्यताभन्दा बढी अरु–अरु फ्याक्टरले बढी काम गर्दा मधेशको राजनीतिक राम्रोसँग ट्रयाकभन्दा बाहिर गएको बताउँछन् उनी ।
झुठ बोलेर, जनतालाई गुमराहमा राखेर राजनीति गर्ने दिन गयो
देशकै एंगलबाट मधेशलाई हेर्दा लामो समयदेखि विभेद खेपेको भन्दै उनी संविधान बनेपछि देशमा जुन किसिमले सुशासन या अधिकारको सदुपयोग हुनुप¥थ्यो, त्यो हुन नसकेको बताउँछन् उनी । ‘त्यहीं भएर मधेशमा अहिले पनि असन्तोष र निरासा रहेको उनी उल्लेख गर्छन् ।
उनी मधेशमा पनि कुनै दल या कुनै नेता हिजोको जस्तै झुठ बोलर जनतालाई गुमराहमा राखेर राजनीति गरिहाल्छु भन्ने अवस्था नभएको बताउँछन् । ‘अब सुशासनको सवालमा, डेलिभरीको सवालमा होस् अब गरेरै देखाउनुपर्छ । अब गफ मात्रै दिएर हुँदैन्’ उनी भन्छन्, ‘हिजोसम्म अरुलाई आरोप लगाएर म राम्रो छु भन्ने भाष्य निर्माण गरिन्थ्यो । त्यो अब चल्दैन् । योजना हुनुपर्छ, काम हुनुपर्छ, कार्यशैली राम्रो हुनुपर्छ ।’
मधेशका नेतृत्वकर्तालाई यथार्थको सामना गर्नुपर्ने, आफ्ना कमजोरीलाई रिफर्म गर्नुपर्ने, गल्ती करेक्सन गर्नुपर्ने बताउँछन् उनी । ‘६ महिना अगाडि बनेका पार्टी अहिले थ्रेट बने झैं यसो गर्न नसकिए समाज अघि बढिहाल्छ ।’
मधेशको समस्या बुझेर पुनः एक पटक सुशासन, बेथितीबिरुद्ध थीति बढाउन मूल्य मान्यताको राजनीति कसरी स्थापित हुन्छ त्यसका लागि काम गरेर देखाउनुपर्ने धारणा उनको छ ।
‘अर्काे कुरा, मधेशका नयाँ पुस्ता सुसज्जित भएर अध्ययन गरेर आउनुपर्छ । पुस्तान्तरणको हिसाबले नयाँ पुस्ता राजनीतिमा स्थान लिन पुरै तयारीको साथ आउनु जरुरी छ’ उनी भन्छन् ।
दलहरु जवाफ दिन तयार छैनन्
मधेश मात्र नभएर समग्र नेपाली राजनीतिमा आक्रोश व्याप्त रहेको बताउँछन् उनी ।
यसअघिका पुस्ताको आन्दोलनमा लगानी रहेपनि अहिलेका मतदाता वा मतदाता बन्न लागेकालाई विगतको बिषयमा जानकारी राख्ने फुर्सद नरहेको बताउँछन् उनी । ‘उनीहरुसँग त्यत्ति समय छैन कि विगतमा के भयो ?’ उसले शिक्षाको गुणस्तरीयता, स्वास्थ्यको सुविधा, रोडको अवस्था किन बिग्रेको, किन सुधार भएन भनेर दलहरुमा दोष लगाइरहेका छन् । तर दलहरु जवाफ दिन तयारी हुनुपर्नेमा देखिएको छैन् ।’
अहिलेको सबैभन्दा चुनौति पुरानो दलप्रति एक किसिमको आक्रोश रहेको बताउँदै उनी यहीं कारण २०८० देखि ८४ सम्मको समय नेपाल कहाँ जान्छ भन्ने महत्वपूर्ण बिषय भएको बताउँछन् ।
‘विगतको इतिहास पढाएर, विगतमा मैले यस्तो काम गरे भन्दै व्याज मिल्नुछ त्यसका लागि नेपाली समाज तयार छैन्’ उनी भन्छन्, ‘अब प्रतिबद्धता या योजनाबद्ध ढँगले हामीसँग यस्तो योजना र रोडम्याप छ । यो समाज र देशलाई यसरी लैजान चाहन्छु, भन्ने मात्रै अब सक्सेस हुन्छन् । त्यस कारण यो चार बर्ष सबै दल र सबै नेताको परीक्षाको समय हो ।’