ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, August 22, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मिटरव्याज पीडितको आरोप : आफ्नै नेताहरु धनीको वरिपरी देखिन थाले

मिटरव्याज पीडितको आरोप : आफ्नै नेताहरु धनीको वरिपरी देखिन थाले

Loading

राजविराज । मिटरव्याज पीडित अझै पीडित बन्न थालेका छन् । मुद्दा मिलाइदिने नाममा पीडितका अगुवा भनाउँदाहरुले पीडितसँग् रकम असुल्न थालेको खुलेको छ ।

मिटर व्याज पीडित संघर्ष समितिका सचिव रहेका छेदी पासवानले पीडितसँग रकम असुलेका हुन् । पीडितमध्येकी शम्भुनाथ नगरपालिका वडा नम्बर ६ निवासी सदिना खातुनले आफ्नो मुद्दा चाँडै टुँग्याइदिने नाममा पासवानले पटक–पटक गरी रु २० हजार लिएको बताइन् ।

बुधबार राजविराजमा पत्रकारसँग कुरा गर्दै खातुनले आफूले गाउँकै गोपाल प्रसाद साहसँग जग्गा धितो राखी टेलर्स खोल्न रु २ लाख ऋण लिँदा रु ५ लाख दिइसक्दा समेत साहले आफ्नो जग्गा बेचिदिएपछि समस्या परेको बताइन् । यसबारेमा जिल्ला प्रशासन कार्यालयको मिटर व्याज कक्षमा निवेदन दिँदा प्रहरीले साहलाई बोलाएर केहि नगरी छाडिदिएको बताइन् ।

यसपछि मिटरव्याज पीडित संघर्ष समितिका सचिव पासवानले मुद्दा टुँग्याइदिने नाममा २ पटक ५÷५ हजारका दरले र एक पटक रु १० हजार लिएको बताइन् ।

मिटरव्याज पीडितहरुले आफूहरुका नेता भनाउँदाहरु धनीकै वरिपरी देखिन थालेको बताए । ‘अहिले हाम्रा नेताहरु पीडितको पक्षमा बोल्दैनन्’ बुधबार नेपाल पत्रकार महासंघ, सप्तरीमा पत्रकार सम्मेलन गरी पीडित प्रमोद साहले भने, ‘धनीकै पक्षमा बोल्न थालेका छन् ।’

उनले छेदी पासवान धनीकै कुरा बोल्न थालेको बताए ।

पीडितहरुले प्रशासन कार्यालयले पीडितको कुरा नमानी साहमु महाजनकै कुरा बढी सुन्न थालेको बताए । उनीहरुले आफूहरुले न्याय नपाए चरणबद्ध आन्दोलन शुरु गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

काेशी नदी पीडितले काेशी व्यारेज केन्द्रित आन्दोलन गर्ने

Next Post

राजकिशोर यादवसँग कुराकानी : झुठ बोलेर, जनतालाई गुमराहमा राखेर राजनीति गर्ने दिन गयो

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजकिशोर यादवसँग कुराकानी : झुठ बोलेर, जनतालाई गुमराहमा राखेर राजनीति गर्ने दिन गयो

राजकिशोर यादवसँग कुराकानी : झुठ बोलेर, जनतालाई गुमराहमा राखेर राजनीति गर्ने दिन गयो

सप्तरीमा करेन्ट लागेर एकको मृत्यु, दुई जना घाइते

तीन दिन नबित्दै सप्तरीमा अर्काे किसानको करेन्ट लागेर मृत्यु

सप्तरी प्रशासनले विदा दिन पनि तीन वटा सेवा प्रवाह गर्ने

सप्तरीमा मिटरव्याज सम्बन्धी ८१ वटा निवेदन टुँग्याइयो

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

हिलोमा २१ बर्षीय युवकको शव भेटियो, अर्का युवक घाइते फेला

धार्मिक स्थलमा अश्लील भिडियो बनाउने युवक पक्राउ, युवतीको खोजी हुँदै

धार्मिक स्थलमा अश्लील भिडियो बनाउने युवक पक्राउ, युवतीको खोजी हुँदै

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.