ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

पत्रकार पाेखरेललाई जिल्ला प्रहरी कार्यालयमै कुटपिट, कुट्नेलाई कार्वाही गर्न महासंघकाे माग

पत्रकार पाेखरेललाई जिल्ला प्रहरी कार्यालयमै कुटपिट, कुट्नेलाई कार्वाही गर्न महासंघकाे माग

Loading

राजविराज । नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सल्लाहकार मनोहरकुमार पोखरेलमाथि जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक जना प्रहरी सहायक निरीक्षक (असई) राजेश्वर महताेले जिल्ला प्रहरी कार्यालय सप्तरीभित्रै कुटपिट गर्दै दुव्र्यवहार गरेका छन् ।

समाचार संकलनका लागि सोमबार जिल्ला प्रहरी कार्यालय पुगेका पत्रकार पोखरेललाई असई महतोले दुब्र्यवहार गर्दै कुटपिट गरेको हुन् । जिल्ला प्रहरीस्थित मुद्दा शाखामा जर्बजस्तीकरणी र गर्भपतन सम्बन्धी मुद्दा प्रहरीले दर्ता गर्न नमानेको भनि पीडित पक्षको गुनासोको आधारमा सोही विषयमा जानकारी लिन खोज्दा आफुमाथि असई महतोले दुब्र्यवहार गर्दै कुटपिट गरेको पोखरेलले बताए । कुटपिटबाट घाईते भएका पत्रकार पोखरेलको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भईरहेको छ ।

यता नेपाल पत्रकार महासंघ, सप्तरीले कुटपिट गर्ने असईलाई कार्वाहीको माग गरेको छ ।

घटनाबारे जानकारी पाएर नेपाल पत्रकार महासंघका एक टोली जिल्ला प्रहरी कार्यालय सप्तरी पुगेर प्रहरी प्रमुख एसपी नरेन्द्र कार्कीलाई पत्रकार पोखरेलमाथि कुटपिट गर्ने असई महतोमाथि कारबाही गर्न माग गरेका छन् ।

घटना सम्बन्धमा प्रहरी प्रमुख एसपी कार्कीले जिल्ला प्रहरीको तर्फबाट क्षमायाचना गर्दै कुटपिट गर्ने असई महतोमाथि कानून बमोजिम तीन दिनभित्र कारबाही गर्ने प्रतिबद्धता गरेका छन् । टोली नेतृत्वकर्ता सचिव आरएन विश्वासले तीन दिनभित्र पत्रकार पोखरेलमाथि कुटपिट गर्ने असईमाथि कारबाही नगरिए महासंघ संघर्षमा उत्रिने चेतावनी दिए ।

‘नागरिकलाई सूचित गराउने अधिकार बोकेका सञ्चारकर्मीलाई यसरी जिल्ला प्रहरी कार्यालयमै एक जना असईबाट कुटपिट हुनु भनेको प्रेसमाथिको ठाडो हस्तक्षेप भएको ठहर पत्रकार महासंघको छ’ सचिव विश्वासले जारी गरेको विज्ञप्तीमा भनिएकाे छ, ‘ पछिल्लो केही दिनदेखि सप्तरीका प्रहरी–प्रशासनको तर्फबाट यसरी नै प्रेसविरुद्धको क्रियाकलाप हुँदैगएको छ । यस्ता घटनालाई नियन्त्रण गर्न र संविधानमै उल्लेख भएको पूर्ण प्रेस स्वतन्त्रतालाई कायम गर्न गृह मन्त्रालय समेतको ध्यानाकर्षण गराउन चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सबल गृह प्रशासनका लागि नितिगत व्यवस्था गर्नेछु : नबनियुक्त मन्त्री समीम

Next Post

पत्रकार कुट्ने असईलाई निलम्बन गर्न सिफारिस

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
पत्रकार कुट्ने असईलाई निलम्बन गर्न सिफारिस

पत्रकार कुट्ने असईलाई निलम्बन गर्न सिफारिस

पत्रकार कुट्ने असईलाई निलम्बन गर्न सिफारिस

पत्रकार महासंघकाे दवाव : पत्रकार कुट्ने असई निलम्बित

दोहोरो नागरिकता प्रकरण : उप मेयर मीराका पति कारागार चलान

दोहोरो नागरिकता प्रकरण : उप मेयर मीराका पति कारागार चलान

अस्पताल विकास समिति कर्मचारी युनियनको चौथो अधिवेसन सम्पन्न

अस्पताल विकास समिति कर्मचारी युनियनको चौथो अधिवेसन सम्पन्न

‘भूराजनीतिको भार’ को विमोचन : नेपाली भूमीमा चीन, भारत र अमेरिकाको शक्ति संघर्षको उजागर

‘भूराजनीतिको भार’ को विमोचन : नेपाली भूमीमा चीन, भारत र अमेरिकाको शक्ति संघर्षको उजागर

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.