राजविराज । नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सल्लाहकार मनोहरकुमार पोखरेलमाथि हातपात गर्ने प्रहरी सहायक निरीक्षक (असई) राजेश्वर महताे निलम्बित भएका छन् ।
समाचार संकलनका लागि सोमबार जिल्ला प्रहरी कार्यालय पुगेका पत्रकार पोखरेललाई असई महतोले दुब्र्यवहार गर्दै कुटपिट गरेका थिए ।
महताेलाई निलम्बन गर्न जिल्ला प्रहरी कार्यालयले मधेश प्रहरी कार्यालयलाई सिफारिस गरेको थियोे ।
मंगलबारदेखि नै लागू हुने गरि उनलाई निलम्बन गरिएको सप्तरी प्रहरीका प्रबक्ता नरेश कुमार सिंहले जानकारी दिएका छन् ।
नेपाल पत्रकार महासंघ, सप्तरीले कुटपिट गर्ने असईलाई कार्वाहीको माग गर्दै आन्दोलनको चेतावनी दिएको थियो ।