राजविराज । जिल्ला प्रशासन (सीडीओ) कार्यालय, सप्तरीले राजविराज नगरपालिका वडा नम्बर ७ स्थित अतिक्रमण गरिएको जग्गा ७ दिनभित्र खाली गर्न भनेको छ ।
जिल्ला प्रशासन कार्यालय, सप्तरीको नाममा रहेको जग्गा अतिक्रमण गरी टहरा निर्माण गरी हटिया समेत संचालन गरेको पाइएको भन्दै निर्माण गरिएका टहरा लगायत अन्य संरचना स्थानीय प्रशासन ऐन २०२८ बमोजिम ७ दिनभित्र हटाउन कार्यालयले आईतबार सूचना जारी गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी लेबन कश्यप अधिकारीले जारी गरेको सूचनामा अतिक्रमण नहटाइए नियमानुसार कार्वाही गर्ने चेतावनी दिइएको छ ।