ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मधेश प्रदेश : मन्त्रालय फुटाएपछि सत्ता गठबन्धनमा विवाद


मधेश प्रदेशमा आईतवार सार्वजनिक विदा

Loading

राजबिराज । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मनोमानी गर्न थालेको भन्दै सत्ता गठबन्धनमा विवाद देखापरेको छ । मुख्यमन्त्री यादवले एकल निर्णयमा मन्त्रालय फुटाएको भन्दै गठबन्धनमा आबद्ध पार्टीका नेताहरु आक्रोशित बनेका छन् ।

मुख्यमन्त्री यादवले हालै शिक्षा तथा समाज कल्याण मन्त्रालय फुटाएका छन् । एकलौटी निर्णय गरी मन्त्रालय फोडेर आफ्ना पार्टीका सांसद सुरिता साहलाई व्यवस्थापन गरी मुख्यमन्त्री भारत गएका छन् । उनी भारत पुगिसकेपछि मात्रै मन्त्रीपरिषद् पुनर्गठन गरेको विज्ञप्ति प्रदेश प्रमुखको कार्यालयले जारी ग¥यो ।

जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादवले सम्हालेको शिक्षा तथा समाज कल्याण मन्त्रालय फोडेर मुख्यमन्त्री यादवले खेलकुद तथा समाज कल्याण मन्त्रालय र शिक्षा तथा संस्कृति मन्त्रालय बनाएका छन् ।

चार महिनादेखि बिना विभागीय मन्त्री रहेकी साहलाई खेलकुद तथा समाज कल्याण र मन्त्री यादवलाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी तोकिएको छ । मन्त्री यादव भने नयाँ मन्त्रालय सम्हाल्ने पक्षमा छैनन् ।

यो प्रदेशमा छ दलीय गठबन्धनको सरकार छ । जसको नेतृत्व जसपाले लिएको छ । मुख्यमन्त्री जसपाको रहेकाले सांसद साहलाई पार्टीमा टिकाउनकै लागि मन्त्रालय फोडेको उनीमाथि आरोप छ ।

पार्टीमा सांसदलाई टिकाउन मुख्यमन्त्रीले मन्त्रालय फोडेकोमा गठबन्धनमा रहेका ५ दल अब के गर्ने विषयमा छलफल शुरु गरेका छन् । सोमवार जसपा बाहेक ५ दलका संसदीय दलका नेता मधेश भवनमा यसबारे छलफल गरेको श्रोतले जनाएको छ ।

बैठकमा नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णा यादव, नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दलका उपनेता युवराज भट्टराई, नेकपा एस प्रदेश संसदीय दलका प्रमुख सचेतक कनिस पटेल, लोसपा प्रदेश संसदीय दलका नेता अभिराम शर्मा र जनमत पार्टी प्रदेशका संसदीय दलका नेता महेश प्रसाद यादव सहभागी थिए ।

मुख्यमन्त्री यादवले मन्त्रालय फोडेपछि प्रदेशमा जसपा एक्लिएको छ । ५ दलको बैठकले मुख्यमन्त्री यादव चोर बाटोबाट मन्त्रालय टुक्रयाएको ठहर गरेको छ । बैठकमा सहभागी नेताहरूले मुख्यमन्त्रीले गरेको मनपरीबारे केन्द्रीय नेतृत्वलाई ध्यानाकर्षण गराउने निर्णय गरेको एक नेताले जानकारी दिए ।

बैठकमा सहभागी एक नेताले भने, ‘प्रदेशमा काम शून्य छ । जनता प्रदेश सरकारको अनुभूति गर्न पाएका छैनन् । तर मुख्यमन्त्री यादव गैरजिम्मेवार काम गरिरहेका छन् । यसमा हाम्रो आपत्ति छ । यो विषयमा छलफलकै लागि बैठक बसेका थियौं ।’

‘मन्त्रालय नै फुटाउनुपर्ने आवश्यक्ता थियो भने कम्तीमा गठबन्धन वा मन्त्रीपरिषद्को बैठकमा प्रस्ताव ल्याउनुप¥थ्यो’, उनले भने, ‘तर कसैलाई जानकारी छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

एमाले बोदे बर्साइनमा विवाद, प्रदेश प्रतिनिधी छनौट गर्न भएको निर्वाचन बहिष्कार

Next Post

हमास आक्रमणमा मारिएका नेपालीको सम्झनामा बिभिन्न ठाउँमा मैनबत्ति बालियो

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
हमास आक्रमणमा मारिएका नेपालीको सम्झनामा बिभिन्न ठाउँमा मैनबत्ति बालियो

हमास आक्रमणमा मारिएका नेपालीको सम्झनामा बिभिन्न ठाउँमा मैनबत्ति बालियो

कंचनरुपको सिमरामा बजार अनुगमनमा खटिएका टोली उपर आक्रमण

कंचनरुपको सिमरामा बजार अनुगमनमा खटिएका टोली उपर आक्रमण

नेपालीको सम्झनामा नेवि संघद्धारा मैनबत्ति प्रज्जवलन

नेपालीको सम्झनामा नेवि संघद्धारा मैनबत्ति प्रज्जवलन

सप्तरीका प्रअहरुसँग अन्तरकृया : गुणस्तरीय शिक्षाका लागि सबैले ध्यान दिनुपर्नेमा जोड्

सप्तरीका प्रअहरुसँग अन्तरकृया : गुणस्तरीय शिक्षाका लागि सबैले ध्यान दिनुपर्नेमा जोड्

आइडियल सहकारी २५ बर्षमा प्रवेश

आइडियल सहकारी २५ बर्षमा प्रवेश

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.