ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 24, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

कंचनरुपको सिमरामा बजार अनुगमनमा खटिएका टोली उपर आक्रमण


कंचनरुपको सिमरामा बजार अनुगमनमा खटिएका टोली उपर आक्रमण

Loading

राजविराज । बजार अनुगमनमा खटिएका टोली उपर सप्तरीको कंचनरुप नगरपालिकामा व्यवसायीले आक्रमण गरेका छन् ।

नगरपालिकाको वडा नम्बर ११ सिमरा बजारमा अनुगमन गर्न गएका टोली उपर स्थानीय व्यवसायीले बुधबार दिउँसो आक्रमण गरेका हुन् । चाडको बेलामा अखाद्य तथा म्याद गुज्रेका सामानको अनुगमन गर्न संयुक्त टोली खटिएको थियो ।

अनुगमन टोली आएको थाहा पाए लगत्तै सिमरा चोकमा सहयोगी किराना पसलका संचालक शशी राउत पसल बन्द गरी लुकेका थिए । टोलीका सदस्यले राउतले बन्द गरेर भागेको देखेपछि शंका लागि पसल खोल्न आग्रह गरेका थिए । उनी आउनै नमानेपछि स्थानीयको सहयोगमा पसल संचालकलाई बोलाई पसल खोलाएको र सामान्य चेकजाँच गर्दा म्याद गुज्रेका सामान फेला परेको थियो ।

खाद्य प्रविधि तथा गुण नियंत्रण डिभिजन कार्यालयका प्रमुख सुरेश सिंहका अनुसार मसालाका ५ प्याकेट म्याद गुज्रेका पेप्सी ५ बोतल बरामद भएको थियो । बरामद म्याद गुज्रेका सामान स्थानीयको रोहवरमा नष्ट गर्न लाग्दा विवाद बढेको थियो ।

नागरिक न्यायीक उपभोक्ता मंच सप्तरीका अध्यक्ष रामकुमार यादवका अनुसार कंचनरुप नगरपालिकाकै कंचनपुर बजार र रुपनगर चोकबाट आएका केहि केही व्यवसायीले स्थानीय व्यवसायीलाई उक्साएका थिए ।

विवादका क्रममा व्यवसायीले भारतीय नाकाबाट बिना राजस्वका अवैध सामान प्रशासन तथा प्रहरीले आउन दिने तर हामी साना व्यापारीहरुलाई अनुगमन गरी सामान किन नष्ट गरिरहेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

आक्रमणमा घरेलु तथा साना उद्योग कार्यालय सप्तरीका चालक विरेन्द्र साहबाट गाडीको चाबी खोस्दै उनीमाथि आक्रमण गरेका छन् । अनुगमन टोलीका अन्य सदस्यसँग स्थानीय व्यवसायीले अभद्र व्यबहार गरेको अनुगमन टोलीले सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापा समक्ष बताएका छन् ।

आक्रमणपछि विवाद बढ्दै जाँदा स्थानीय प्रहरीले अनुगमन टोलीमा खटिएकालाई स्कटिङ गरी बाहिर निकालेका थिए ।

त्यसअघि अनुगमन टोलीले हनुमाननगर कंकालिनी नगरपालिकाको भारदहस्थित कंकालिनी मन्दिर परिसरमा रहेको मिठाई पसलको अनुगमन गरेका थिए । मिठाईमा अत्यधिक मात्रामा अखाद्य रंग प्रयोग गरिएको र अखाद्य आयातित लडु फेला परेकोमा बरामद लडु नष्ट गरी पसलेलाई ५÷५ हजार जरिवाना गरिएको राउतले बताए ।

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियंत्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योगका कार्यालय सप्तरी, सप्तरी उद्योग वाणिज्य संघ, राष्ट्रिय उपभोक्ता मंचका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
1
+1
1
+1
0

Related

Previous Post

हमास आक्रमणमा मारिएका नेपालीको सम्झनामा बिभिन्न ठाउँमा मैनबत्ति बालियो

Next Post

नेपालीको सम्झनामा नेवि संघद्धारा मैनबत्ति प्रज्जवलन

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
नेपालीको सम्झनामा नेवि संघद्धारा मैनबत्ति प्रज्जवलन

नेपालीको सम्झनामा नेवि संघद्धारा मैनबत्ति प्रज्जवलन

सप्तरीका प्रअहरुसँग अन्तरकृया : गुणस्तरीय शिक्षाका लागि सबैले ध्यान दिनुपर्नेमा जोड्

सप्तरीका प्रअहरुसँग अन्तरकृया : गुणस्तरीय शिक्षाका लागि सबैले ध्यान दिनुपर्नेमा जोड्

आइडियल सहकारी २५ बर्षमा प्रवेश

आइडियल सहकारी २५ बर्षमा प्रवेश

राजनीतिमा विकृति र बिचलन बढ्यो : नेतृ उपाध्याय

राजनीतिमा विकृति र बिचलन बढ्यो : नेतृ उपाध्याय

डिजेल, मट्टीतेल र हवाई इन्धनमा रु १० र पेट्रोलमा ३ रुपैयाँ घटाइयो

प्रति लिटर पेट्रोलमा घट्यो रु ११

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.