ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

बलान बिहुलमा सामुदायिक खाद्य बैंक स्थापना


बलान बिहुलमा सामुदायिक खाद्य बैंक स्थापना

Loading

राजविराज । सप्तरीको बलान बिहुल गाउँपालिकामा सामुदायिक खाद्य बैंक स्थापना भएको छ ।

विश्व खाद्य कार्यक्रमको आमा तथा बाल स्वास्थ्य र पाेषण कार्यक्रम अन्तर्गत जापान सरकारकाे आर्थिक सहयोगमा तथा आसमान नेपाल र पालिकाको समन्वयमा यो बैक निर्माण गरिएको छ । यो बैंकको शुक्रबार उद्घाटन गर्दै पालिकालाई हस्तान्तरण गरिएको छ ।

खाद्य बैंक भवनको मधेश प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादवले उद्घाटन गरे । उद्घाटन भएपछि विश्व खाद्य कार्यक्रमका नेपाल उप प्रमुख कृष्ण योगीले बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवलाई चावी प्रदान गर्दै खाद्य बैंकको भवन हस्तान्तरण गरे ।

स्थानीयस्तरमा खाद्य संचितिकाे अवस्थालाई सुनिश्चित गरी प्राकृतिक विपदमा परेका समुदायलाई पाेषण सुरक्षाको प्रत्याभूति गराउने उदेश्यले खाद्य बैंकको निर्माण गरिएको आसमान नेपालका कार्यकारी निर्देशक नवलकिशोर यादवले जानकारी दिए ।

खाद्य भण्डारण सुविधासहित संचालन हुने याे बैंकले कुपाेशित र यसको जाेखिममा रहेका गर्भवती, सुत्केरी, बालबालिका र विपदको समयमा लक्षित वा आवश्यक परेका परिवारलाई स्थानीय किसानबाट खाद्यान्न खरीद गरि नि:शुल्क वा सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराइने नीति लिइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री यादवले यो बैंकको पालिकाले संरक्षण, सम्बर्द्धन गरेर अघि बढ्नुपर्ने बताए । उनले संरक्षण गरेर सही ढँगले काम नगरे दातृ निकायकाे लगानी खेर जाने र दातृ निकाय पनि अरू लगानी गर्न नचाहने भएकाले गम्भीर बन्नुपर्ने बताए ।

उनले तिनै तहका सरकार एक अर्कासँग विवाद नगरी जनताका लागि काम गर्नुपर्ने बताए ।

प्रदेश सभा सदस्य अनिरुद्द सिंह यादवले खाद्य बैंक स्थापना हुनु सकारात्मक काम भएको भन्दै यसको सफल कार्यान्वयन हुनुपर्ने बताए ।

जिल्ला समन्वय समितिका प्रमुख शिबनारायण साहले खाद बैंकलाई ब्यबस्थित तरिकाले चलाए यहाँका जनताले राम्रो लाभ लिन सक्ने बताए ।

 

बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले पालिकालाई आगामी दुई बर्षभित्र कुपोषण जिरोमा झार्ने बताए ।

यादवकै अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. राजीव कुमार झा, आसमान नेपालका कार्यकारी निर्देशक नवल किशोर यादव, वडा अध्यक्ष, कार्यपालिका सदस्यहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0

Related

Previous Post

खडक नगरपालिका बन्यो मधेश प्रदेशमै दोश्रो बालविवाह मुक्त पालिका

Next Post

उच्च बार एशाेसिएशनकाे निर्वाचन शुरु 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
उच्च बार एशाेसिएशनकाे निर्वाचन शुरु 

उच्च बार एशाेसिएशनकाे निर्वाचन शुरु 

उच्च बारको सदस्यमा लोकतान्त्रिक समूहको वर्चस्व 

उच्च बारको सदस्यमा लोकतान्त्रिक समूहको वर्चस्व 

राजविराज उच्च बारको अध्यक्षमा हरेराम निर्वाचित

राजविराज उच्च बारको अध्यक्षमा हरेराम निर्वाचित

बोदे बर्साइनमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू

बोदे बर्साइनमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू

सप्तरी : टिपरकाे बालुवामुनीबाट १ हजार ६ किलाे गाँजा बरामद

सप्तरी : टिपरकाे बालुवामुनीबाट १ हजार ६ किलाे गाँजा बरामद

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.