राजविराज । सप्तरीबाट १ हजार ६ किलो लागूऔषध गाँजा बरामद भएको छ ।
जिल्लाकाे खडक नगरपालिका ७ स्थित कल्याणपुरबाट टिपरमा लाेड गरिएको अवस्थामा गाँजा बरामद भएकाे सप्तरी प्रहरीका प्रमुख एसपी गजुसिद्दी बज्राचार्यले जानकारी दिए । उनका अनुसार पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको काे.१ख ५८३१ नम्बरको टिपरबाट गाँजा भेटिएको हाे ।
टिपरमा तल गाँजा राखी बालुवाले छाेपेर ल्याउने क्रममा समातिएको प्रहरीले जनाएको छ ।
उक्त गाँजासहित टिपर चालक धनकुटाकाे शहिदभूमी गाउँपालिका ४ बस्ने ३२ बर्षका विशेष राईलाई पक्राउ गरिएको छ ।
गाँजासहित पक्राउ परेका राईको साथबाट रू १ लाख ागद समेत बरामद भएको र अन्य अनुसन्धान भईरहेकाे प्रहरीको भनाई छ ।
गाँजासहित पक्राउ परेकालाई शनिबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको छ ।