ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

कर्मचारी नबस्नेबारे चासो नलिँदा राजविराजका वडा सदस्यले शुरु गरे धर्ना


कर्मचारी नबस्नेबारे चासो नलिँदा राजविराजका वडा सदस्यले शुरु गरे धर्ना

Loading

शैलेन्द्र कुमार सिंह

राजविराज । कर्मचारी हाजिरी गरेर कार्यालयमा नबस्ने प्रबृत्तिबारे ध्यानाकर्षण गराउँदा पनि चासो नलिएको भन्दै राजविराज नगरपालिकाका वडा सदस्यले धर्ना शुरु गरेका छन् ।

२२ पुसमा कर्मचारी कार्यालयमा नबस्ने गरेकोसहित सात बुँदे माग राखेर वडा सदस्यहरुले राजविराज नगरपालिकाका कार्यबाहक प्रमुख इसरत परबिनलाई ज्ञापन बुझाएका थिए । एक साताको अल्टिमेटम दिएर ज्ञापन बुझाएपनि कुनै चासो नलिएपछि २९ पुसमा संघर्ष समिति बनाएर वडा सदस्यहरु आन्दोलनको घोषणा गरेका छन् ।

घोषित आन्दोलन अनुसार बिहीबार नगरपालिका कार्यालयमा एक घण्टा धर्ना दिइएको संघर्ष समितिका संयोजक वडा नम्बर ७ का सदस्य रमानन्द देवले जानकारी दिए ।

उनका अनुसार बिहीबार १ बजेदेखि २ बजेसम्म धर्ना दिइएको छ ।

कार्यालयमा कर्मचारी नबस्दा आम जनता सेवा सुविधाको लागि भौंतारिनुपर्ने अवस्था आएकाले शाखामा कर्मचारी कार्यालय समय अवधिभर अनिवार्य बस्नुपर्ने व्यवस्था मिलाउनुपर्ने माग उनीहरुले गरेको छ ।

वडा सदस्यहरुले बर्षाैदेखि  आफ्नै जग्गा बेचबिखन गर्न नपाउनुका साथै ऋण समेत उठाउन नपाएका हजारौं घर परिवार बिटौरी जग्गाबालालाई अबिलम्ब जग्गाधनी पूर्जा उपलब्ध गराउन पहल गर्नुपर्ने र तत्काल उपलब्ध गराउन नसकिए जग्गाबालाले आफ्नो जग्गा धितो राखी ऋण पाउने व्यवस्था मिलाउन पहल गर्नुपर्ने माग गरेका छन् ।

यस्तै,नगरसभाबाट पारित यस बर्षका योजनाको एकसाताभित्र सम्झौता गरी कार्य सुचारु गर्नुपर्ने, नगर क्षेत्रभित्र सरसफाईलाई उच्च प्राथमिकता राखी सोको स्थायी व्यवस्थापनका लागि थप सबारी साधन, नगर क्षेत्रको चारैतर्फ रहेका भलुवाही ढल निकासको व्यवस्थापन र डम्पिङ साइटको अबिलम्ब व्यवस्थापन गर्नुपर्नेसहितका माग उनीहरुले राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

एकै दिन केहि घण्टाकै फरकमा पति–पत्नीको मृत्यु

Next Post

मधेश प्रदेशमा भोली सार्वजनिक विदा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
मधेश प्रदेशमा भोली सार्वजनिक विदा

मधेश प्रदेशमा भोली सार्वजनिक विदा

आशियाद्धारा ३५ विपन्न परिवारलाई ब्ल्यांकेट बितरण

आशियाद्धारा ३५ विपन्न परिवारलाई ब्ल्यांकेट बितरण

निलम्बित मेयर भीमराज यादव र श्रेष्ठद्धय भ्रष्टाचारी ठहर

निलम्बित मेयर भीमराजको आरोप–पैसा खर्च गरेर ठूला नेताहरुले फँसाए

सरोकारबालाको प्रतिबद्धता–सप्तरी स्वाभिमान यात्रामा सहयोग रहनेछ

सरोकारबालाको प्रतिबद्धता–सप्तरी स्वाभिमान यात्रामा सहयोग रहनेछ

देशका सबै संयन्त्र ४ जना नेताको हातमा छ : सिके राउत

देशका सबै संयन्त्र ४ जना नेताको हातमा छ : सिके राउत

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.