ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सरोकारबालाको प्रतिबद्धता–सप्तरी स्वाभिमान यात्रामा सहयोग रहनेछ


सरोकारबालाको प्रतिबद्धता–सप्तरी स्वाभिमान यात्रामा सहयोग रहनेछ

Loading

राजविराज । सप्तरी जिल्ला हरेक दृष्टिले पछि पर्दै गएको राजविराजमा आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड् दिएका छन् ।

पुर्व मन्त्री उमेश यादवले शुरु गर्न लागेको सप्तरी स्वाभिमान यात्रा सम्बन्धी सुझाव लिन शुक्रबार आयोजना गरेको कार्यक्रमका बक्ताले जिल्लाका समस्या उजागर गरी समाधानको बाटोतर्फ लाग्नुपर्ने बताए ।

जिल्लाको शिक्षा, स्वास्थ्य, कृषि, सडक सबै क्षेत्रको अवस्था दयनीय बनिसकेको अवस्थामा सबै व्यक्ति यसतर्फ गम्भीर बन्नुपर्ने उनीहरुको भनाई थियो । यसबाहेक युवाहरु लागूऔषध र मदिराको लतमा फँस्नु एकदमै चिन्ताको बिषय भएको उनीहरुको भनाई छ । जिल्लामा समस्या रहेपनि यसको उत्थान गर्ने व्यक्ति नभएको र जनताको मतले निर्वाचित जनप्रतिनिधी आफ्नै स्वार्थमा रुम्लिरहँदा जिल्लाको अवस्था अझ कमजोर बन्दै गएको बक्ताहरुले बताए ।

जिल्लामा कन्या छात्रावास, स्मसान घाटसहित बिभिन्न संरचना निर्माण भएपनि प्रयोगमा आउन नसक्नु र स्थानीय सरकार समेत यसतर्फ ध्यान नदिनु चिन्ताको बिषय भएको उनीहरुले बताए ।

बक्ताहरुले शुरु हुने स्वाभिमान यात्राले मूलभूत समस्याहरुको पहिचान गर्दै समाधानको बाटोमा लाग्ने विश्वास व्यक्त गरे । उनीहरुले यसमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड् दिए ।

कार्यक्रममा राजविराज नगरपालिकाका कार्यबाहक मेयर इसरत परबिन, पूर्व मेयर शैलेश चौधरी, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, इन्जिनियर इन्द्रनारायण देव, नागरिक समाजका बलराम यादव, बुद्धिजिवी देबेन्द्र मिश्र, नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देव, जसपा निकट महिला संघकी अध्यक्ष रमिला साह, रेन्जर सचेन्द्र यादव, मैथिली साहित्य परिषद्का अध्यक्ष अवधेश कुमार झा, लोसपा नेता दीपेन्द्र चौधरी, नेकपा माओवादी केन्द्रका छेदी रजक, प्रमिला साह, मोहम्द गन्नीसहितकाले अभियानलाई सफल बनाउन सहयोग गर्ने बताए ।

कार्यक्रममा अभियानका संयोजक पूर्व मन्त्री उमेश यादवले आगामी माघ ९ गतेदेखि बलान बिहुल गाउँपालिकाबाट अभियान शुभारम्भ गर्न लागेको बताए । उनले अभियानका क्रममा हरेक टोल र वस्ती पुगेर समस्याबारे छलफल गरिने बताए ।

सप्तरीको १८ वटै पालिकामा यो अभियान संचालन गर्दै बीच–बीचमा सरोकारबालासँग छलफल समेत गरिने उनले बताए । समस्याबारे हरेक नागरिकलाई जागरुक हुनुपर्ने भन्दै उनले यसमा सबैले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Related

Previous Post

निलम्बित मेयर भीमराजको आरोप–पैसा खर्च गरेर ठूला नेताहरुले फँसाए

Next Post

देशका सबै संयन्त्र ४ जना नेताको हातमा छ : सिके राउत

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
देशका सबै संयन्त्र ४ जना नेताको हातमा छ : सिके राउत

देशका सबै संयन्त्र ४ जना नेताको हातमा छ : सिके राउत

तिलाठी कोइलाडी र बिष्णुपुरमा नयाँ हाकिम आउने

भगवान रामको प्राण प्रतिष्ठाका दिन सप्तरीका दुई पालिकामा सार्वजनिक विदा

राजविराजमा घर नक्सा पास गर्ने कार्य स्थगित

सोमबार राजविराजमा पनि विदा

शिलान्यासको विवाद : कृषि विश्वविद्यालयमा जनमतको ताला

शिलान्यासको विवाद : कृषि विश्वविद्यालयमा जनमतको ताला

शिलान्यास स्थल : सर्वसाधारणभन्दा प्रहरी बढी 

शिलान्यास स्थल : सर्वसाधारणभन्दा प्रहरी बढी 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.